Home / समाचार / स्वतन्त्र सिलाई कालिगड युनियन घोराहीको दोस्रो सधारण सभा सम्पन्न

स्वतन्त्र सिलाई कालिगड युनियन घोराहीको दोस्रो सधारण सभा सम्पन्न

घोराही, १२ साउन
नेपाल स्वतन्त्र सिलाई कालिगड युनियन घोराही उपमहानगरपालिकाको दोस्रो सधारण सभा सम्पन्न भएको छ । घोराही स्थित परियार सेवा समाजको सभाहलमा साधारणसभा भएको हो । युनियन नगर समितिका अध्यक्ष प्रदीप नेपालीको अध्यक्षता तथा परियार सेवा समाजका जिल्ला अध्यक्ष केशब नेपालीको प्रमुख आतिथ्य तथा शालिकराम नेपालीको विशिष्ट आतिथ्यमा भएको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा प्रमोद परियार चुनिनु भएको छ । यसैगरि उपाध्यक्षमा सुरेश परियार, सचिवमा कमल परियार, सहसचिवमा अर्जुन परियार,कोषाध्यक्षमा हरिमायाँ परियार रहनु भएको छ । यसैगरि सदस्यहरुमा शिला परियार, दीपक परियार, सुरेश परियार, पंकज परियार, सन्जीव परियरा, मिथुन परियार, हिरा परियार,अमर परियार रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*