दाङ, २ भदौ
जिल्ला प्रशासन कार्यालय दाङले शनिवार पनि सेवा दिन सुरु गरेको छ । शनिवार पनि कार्यालय खुल्ला गरेर सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिनकालागि आज शनिवारदेखी सेवा दिन सुरु गरेको हो ।
शनिवारको पहिलो सेवाग्राहीको रुपमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का सपना बैजाली मगरले नागरिकता लिनुभएको छ । सो नागरिकता प्रामुख जिल्ला अधिकारी गजेन्द्बहादुर श्रेक्ष्ठले सेवाग्राही मगरलाई प्रदान गनुभएको थियो ।
शनिवार पनि कार्यालय खुला रहेर सेवा पाएपछि शनिवार कामले जिल्ला प्रशासन आएका सेवाग्राहीहरुले खुसी व्यक्त गरेका थिए ।
‘हिजो आको थिए भिड थियो, लाईन थियो अनि काम भएन, शनिवार पनि खाुल्छ भन्ने हिजो थाहा पाको र्थि अनि आज आएको आउनु बित्तीकै काम भईहाल्यो ।’ मगरले भनीन् ।
अन्य बारमा व्यस्त हुने विद्यार्थी, गृहणी, टाढाबाट आउने दंगाली सेवाग्राहीहरुले शनिवार कार्यालय बन्द हुदा कहिलेकाही गाह्रो हुने बताएपछि कार्यालयले नागरिकको सहजताकालागि शनिवार पनि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुला गरेर सेवा दिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
‘नागरिकको सेवालाई मध्यनजर गर्दै शनिबार पनि सेवा दिन सुरु गरेका छौ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो–‘यसले नागरिकहरुलाई सहज हुनेछ भन्ने अपेक्षा गरेका छौ ।’
साथै उहाँले प्रशासनका कर्मचारीहरुको सक्रियताले पनि यो कार्य सम्भव भएको भन्दै कर्मचारीहरुले शनिवार निशुल्क रुपमा काम गर्ने गरेको जानकारी दिनुभयो ।
सेवाग्राहीको माग अनुसार शनिबार पनि सेवा दिन थालिएको र परिक्षणको रुपमा दुई महिनासम्म शनिवार कार्यालय खुल्ला गरेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।
शनिवार पनि कार्यालय खुला रहने भएपछि सेवाग्राहीहरुलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।