Home / Feature Breaking news / कानुन कार्यान्वयमा सम्झौता हुँदैनः एपी शर्मा

कानुन कार्यान्वयमा सम्झौता हुँदैनः एपी शर्मा

दाङ, २ भाद्र

जिल्लाप्रहरी कार्यालय दाङमा भरखरै सरुवाभएर आएकाजिल्लाप्रहरी प्रमुखकृष्णहरी शर्माले कानुनकार्यान्वयनमा कसैसंग पनि सम्झौता नहुने बताएका छन् ।

दाङ जिल्लाउद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको स्वागततथा परिचयात्मककार्यक्रममाउनले यस्तो बताएकाहुन । कानुनकार्यानवय गराउनसवैले सहयोग गर्न समेत आग्रह गरे ।

‘म राज्यले खटाएको व्यक्ति हु कानुनवमोजिमकामगर्न अगाडि वढने छु’ प्रमुखशर्माले भने । यस कार्यमानागरीकको समेत सहयोग रहने विश्वास समेत व्यक्त गरे ।आर्थिक कारणले विभिन्नप्रकारका घटना हुने भएकाले व्यवसायिहरु पनि सचेत वन्नु पर्ने बताए ।

व्यवसायिहरुले आफनो सुरक्षाकालागिसुरक्षात्मकउपायअपनाउनु पर्ने उनको भनाइ रहेको छ । व्यसायिक क्षेत्रमासिसी टिभि जडान गर्न समेत उनले आग्रह गरे । यसले सुरक्षाव्यवस्थामा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

उनले व्यवसायिहरुलाई ढुक्क भएर व्यवासायगर्ने वातावरण मिलाइने समेत बताए । ‘व्यवसायिहरुलाइ सुरक्षाप्रदानगर्न हामीतयार रहेका छौ’ प्रमुखशर्माले भने ।

साझ ९ वजे पछि रक्सी विक्रीनगर्ने प्रतिवद्धता व्यवसायिहरुले गरे राती सम्मव्यावसाय सञ्चालनगर्न सुरक्षानिकास वाट कुनै अवरोध नहुने उनको भनाइ रहेको छ ।

प्रहरी प्रमुखशर्माले सुरक्षानिकायलाई सुचनादिएर सहयोग गर्न समेत आग्रह गरे । ‘सानो सुचना ले पनिअपराध रोक्न सक्छ’ प्रमुखशर्माले भने । यस कारण नागरिकलाई आफुले सुनेका सुचनाआफुलाई जानकारी दिनआग्रह गरे । नागरिक वाट आउने सुचनागोप्य राख्ने समेत उनले प्रतिवद्धता जनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदनबहादुर कुवरले जिल्लामा ट्राफिक व्यवस्थापन मिलाउनकालागि सवैको सहयोग रहनु पर्ने बताए ।

नागरिकको व्यवाहारले गर्दा नै समस्या भएको भन्दै यसको सुधार गर्न सवै मिलेर अगाडि वढनु पर्ने बताए । सवारी साधन वढदै जानु तर सडको अवस्थामा सुधार नहुदापनि समस्याभोग्नु परेको कुवरको भनाइ रहेको छ । घोराहीउपमहानगरपालिकावडा न १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले वढी भाडा लिने सवारी साधनहरुलाई कारवाही गरीनु पर्ने बताए ।

उनले नागरिकवाट आउने सुचना सुरक्षा निकायले गोप्नीयता कायम गर्न सक्नु पर्ने बताएका थिए । संघका पुर्व उपाध्यक्ष जितवहादुर केसीले यातायात क्षेत्रमाजर्वर जस्ती मानिसलाइ छोपेर चढाउने प्रवृतिअन्तय गराउन लाग्नु पर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुषालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहभागिलाई धन्यावाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*