दाङ जिल्लामा यस्तो समय पनि थियो कि रेडियो कार्यक्रम चलाउनका लागि ठूलो मिहिनेत गर्नुपथ्र्याे । अहिले जस्तो सहज थिएन । त्यो बेला दाङमा रेडियो स्वर्गद्वारी मात्र थियो । त्यसैले गर्दा उक्त रेडियोमा कार्यक्रम चलाउन पाउनै मुस्किल हुन्थ्यो ।
म रेडियोमा जाने आउने गरेको थिएँ । तर मलाई कार्यक्रम दिइएको थिएन । रेडियोमा आउने विज्ञानपनहरुमा बोल्ने मौका भने पाइरहेकै थिएँ । गायनसँगै मलाई हँसाउन आउने भएकाले कार्यक्रम चलाउन पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसैले मैले रेडियोमा हाँस्यव्यङ्ग्य कार्यक्रम चलाउँछु भनेर कार्यक्रम संयोजक लोकराज अधिकारीलाई भने ।
कार्यक्रमको प्याकसँगै दीर्घकालीन हुन्छ कि हुँदैन भनेर होला पाइरहेको थिएन । मैले प्रस्ताव गरेको लामो समयपछि एक दिन रेडियोबाट कार्यक्रम संयोजक लोकराज अधिकारीले फोन गरेर कार्यक्रम चलाउ भन्नुभयो । त्यसपछि २०६१ सालदेखि रेडियोमा टोकरी कार्यक्रम चल्न थाल्यो ।
सुरुमा बुधवार विहान आधाघण्टा कार्यक्रम बज्थ्यो । रेडियोमा अत्यधिक पत्रहरु आउन थालेको र श्रोताहरुले कार्यक्रमको समय बढाउन माग गरेपछि हरेक हप्ताको शनिवार कार्यक्रम बज्न थाल्यो । दुई महिना पनि चल्दैन कि भनेको कार्यक्रममा हप्तामा २÷३ हजारको संख्यामा पत्रहरु आउन थालेको क्षण मेरो जीवनको पहिलो खुशीको क्षण हो ।
‘सुरुमा मैले हाँस्यव्यङ्ग्य कार्यक्रम सञ्चालन गर्छु भन्दा रेडियोबाट यो कार्यक्रम सफल हुँदैन, बढीमा २÷३ महिना चल्छ भन्नुभएको थियो तर मलाई कम्तिमा दुई वर्ष चल्छ भन्ने लागेको थियो’–उनले भने–‘तर टोकरी कार्यक्रममा अत्यधिक मात्रामा चिठीपत्रहरु आउन थालेपछि कार्यक्रमको स्तर नै बढ्यो र श्रोता तथा पाठकहरुको माया र सहयोगले १७ वर्षसम्म चलिरहेको छ । यो नै मेरो जीवनको खुशीको क्षण हो ।’
हाँस्यव्यङ्ग्यसँगै सांगीतिक क्षेत्र रिजालको अर्काे खुशीको क्षेत्र हो, पहिलो गीत रेकर्ड गर्दाको ।
गायन क्षेत्रमा सानैदेखि सक्रिय रिजालले २०५७ सालमा ‘राप्ती पुलैमा …’ बोलको गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले दोहरी गीत, तीज गीत र भजन गरेर करिव ५० को हाराहारीमा गीत गाइसकेका रिजालाई पहिलो पटक गीत रेकर्ड गर्दाको क्षणलाई अर्काे खुशीको रुपमा लिने गरेका छन् । ‘सानैदेखि गीत गाउने र हँसाउने काम गर्दै आएँ, त्यसक्रममा धेरै अनुभवहरु छन’–रिजाल भने–‘त्यी अनुभवहरुमध्यको खुशीको क्षण हो, पहिलो पटक ‘राप्ती पुलैमा..’ बोलको गीत रेकर्ड गर्दाको क्षण ।’ जुन गीतले मलाई सधैँ अन्य गीतहरु गाउन प्रेरित गरिरह्यो ।
रिजालले अहिले पनि रेडियोमा बोल्ने अवसर दिने गुरु विपुल पोख्रेल, लोकराज अधिकारी र गीतसंगीतका क्षेत्रमा दामु मर्सिफूललाई प्रेरणाका स्रोतका रुपमा लिने गरेका छन् । रेडियोसँगै सांगीतिक क्षेत्रका सहयात्री खड्क शर्मा पनि रिजालका खुशी हुन् । त्यस्तै रिजालको अर्काे खुशीको क्षण हो डिग्री पास गर्दाको । सानैदेखि नाच्न गाउनमा लागेकाले धेरैले मलाई पढाई बिगार्छ कि भन्ने चिन्ता थियो । तर मैले उहाँहरुको चिन्तालाई निराशा बनाउन चाहिन ।
त्यसैले आपूm गीतसंगीतको क्षेत्रमा लागे पनि पढाईलाई भने निरन्तर अघि बढाइरहेँ । जसले गर्दा २०७१ सालमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीबाट धर्मशात्राचार्य गर्न सफल भए । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको घोडागाउँमा रहेको रामेश्वरी माविबाट औपचारिक शिक्षा सुरु गरेका उनले नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य गरेका छन् । त्यो पनि उनको जीवनको अर्काे खुशीको क्षण हो ।
उक्त विद्यालयमा पर्दाको अर्काे क्षणलाई पनि रिजाल खुशीको क्षणका रुपमा सम्झन्छन् । २०५४ सालमा विश्वविद्यालयको दीक्षान्त समारोह थियो । त्यो समारोहमा तत्कालीन राजा वीरेन्द्र आउने कार्यक्रम थियो । उक्त कार्यक्रममा स्वस्ति वाचन गर्नुपर्ने हुन्थ्यो । त्यो वाचन विद्यार्थीबाट हुन्थ्यो । त्यसका लागि कलेज र विद्यालयबाट राम्रो स्वस्ति वाचन गर्ने विद्यार्थी सरहरुले छनोट गर्नुहुन्थ्यो ।
त्यो वर्ष स्वस्ति वाचन गर्ने विद्यार्थीमा म पनि परेको थिएँ । हजारौँ विद्यार्थीहरुले अध्ययन गर्ने ठाउँमा शुद्धसँग उष्कृट पाँच विद्यार्थीहरुमा माध्यमिक तहको विद्यालयबाट परेर राजाको अगाडि उभिएर स्वस्ति वाचन गर्न पाउँदाको क्षण पनि जीवनको अर्काे खुशी भएको बताए ।
रिजाल हाँस्यव्यङ्ग्यसँगै गायक पनि हुन् । त्यसैले उनी एकल गायन होस् वा दोहोरी प्रतियोगिताका लागि होस् विभिन्न जिल्लाहरुमा पुगेका छन् । यस्ता उनीसँग धेरै अनुभवहरु पनि छन् । ती मध्यको एउटा अनुभव २०६२÷०६३ सालको जनआन्दोलनपछि नेपाल सांस्कृतिक संघले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हो ।
उक्त प्रतियोगितामा दाङबाट रिजालसँगै यादव योगी, सन्दीप न्यौपाने, देवकला बस्नेत, ज्योति मगरलगायतको टिम थियो । त्यो बेला जिल्ला–जिल्लाबाट छनोट हुँदै मध्यपश्चिमाञ्चलमा उत्कृष्ट भएर हामी राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौं गएका थियौँ ।
फाइनलमा मध्यमाअञ्चलको टिमसँग हाम्रो दोहोरी परेको थियो । दाङबाट जित्दै गएकाले हामीमा हौसला समेत बढेको थियो । जसले गर्दा हामीलाई जित्छौँ भन्ने विश्वास समेत रहेको थियो । नभन्दै हामीले प्रतियोगिता जित्यौँ । राष्ट्रिय प्रतियोगितामा प्रथम भयौँ ।
त्यसपछि हामीलाई प्रथम पुरस्कार नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटारमै पुरस्कार दिनुभएको थियो । उहाँको हातवाट पुस्कार पाएर उहासँग अंकमाल गर्दाको क्षण पनि मेरो जीवनको अर्काे खुशीको क्षण हो ।
अहिले रेडियो स्वर्गद्वारी र शिक्षण पेशाका रुपमा घोराहीमा रहेको हिन्दू विद्यापीठमा आबद्ध रहेका रिजाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको जिल्ला सदस्य तथा अञ्चलको कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ, लेखक संघ, प्रेस युनियन दाङ, सिस्नुपानी नेपाललगायत विभिन्न संघसंस्थामा आबद्ध छन् । उनले राप्ती अञ्चल स्तरीय छन्द कवितामा अञ्चल प्रथम, राष्ट्रिय दोहोरी प्रतियोगितामा ४ पटक प्रथम, साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका विभिन्न संघसंस्थाहरुबाट दर्जनौ पुस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिकामा जन्मिएका रिजाल अहिले घोराही उपमहानगरपालिका–७ पर्सामा बस्दै आएका छन् । बुबा नेवलाल रिजाल र आमा मालता रिजालका कान्छा छोराका रुपमा जन्मिएका रिजालका दुई दाजु र दुई दिदी छन् । २०६४ सालमा घोराही उपमहानगरपालिका–३ वञ्जाडी निवासी मुना रिजालसँग वैवाहिक बन्धनमा बाँधिएका रिजालका पहिलो सन्तानका रुपमा एक छोरा छन् ।
प्रस्तुती : लिलाधर वली