Home / Feature Breaking news / प्रदेश वन ऐन २०७७ को मस्यौदाका वारेमा सुझाव संकलन

प्रदेश वन ऐन २०७७ को मस्यौदाका वारेमा सुझाव संकलन

दाङ, १५ पुस । लुम्विनी प्रदेशको बन ऐन २०७७को मस्यौदा उपर सरोकारवालाहरु संग छफफल गरिएको छ । डिभिजन वन कार्यालय दाङ र डिभिजन कार्यालय देउखुरीको आयोजनामा घोराहीमा छलफल गरिएको हो ।

ऐन वनाउदा सरोकारवालाहरुको पनि सुझाव लिनका लागि छलफल गरिएको हो । जसले गर्दा ऐन कार्यान्वयनमा समेत सहजता ल्याउने विश्वास लिएको छ । ऐन पारित भए पछि लागु हुने भएकाले यसमा रहेको व्यवस्था र हटाउनु पर्ने वा थप्नु पर्ने कुरा हुन सक्ने भएकाले सरोकारवाला लाई जानकारी तथा सुझाव लिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजय सुवेदीले जानकारी दिनुभयो ।

सरोकारवालाहरु वाट आएका सुझावहरुलाई समवन्धीत निकायमा पठाइने उहाले बताउनु भयो। यसरी गएका सुझाव अनुसार थप घट हुने बताइएको छ । कार्यक्रममा सहभागि स्थानिय तहका प्रमुखहरुले वन क्षेत्र भएर जाने बाटो घाटो निर्माण गर्दा लामोसमय लाग्ने प्रावधान भएकाले यसलाई सच्चाउनु पर्ने बताएका थिए । जसले गर्दा विकास निर्माणका काम गर्न समेत अप्ठेयारो भएको उनीहरुको भनाइ रहेको थियो ।

लामो समय लाग्ने भए पछि नागरिकले काम किन नगरेको भन्ने गरेको उनीहरुले बताएका थिए । त्यस अवसरमा राप्ती गाऊपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दंगशीशरण गाउपालिकाका अध्यक्ष भागिराम चौधरी, बंगलाचुली गाउपालिकाका अध्यक्ष भत्तवाहादुर वली, तुलसीपुर उप महानगरपालिका बन वातावरण विपद् समितीका संयोजक नवराज लामिछाने सामुदायिक वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय घोराहीका सहायक डिभिजन अधिकृत खिमु केसी र नेपाली साहले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*