Home / समाचार / बजारमा तिहारको रमझम सुरु

बजारमा तिहारको रमझम सुरु

दाङ, ७ कार्तिक । तिहारको आगमनसँगै बजार देखि गाउँघरमा तिहारको रझम झम सुरु भएको छ । गाउँघरमा तिहारको लागि घर घरमा तेलरोटी पकाउने, घर लिपपोत गर्न सवै व्यस्थ छन् । घर आगनमा मखमली, हजारी फुलहरु ढकमक फुलेका छन् । ठाउँ ठाउँमा तिहारको लागि साँस्कृतिक कार्यक्रमको समेत तयारी तिव्ररुपमा गर्ने काम भएको छ । विभिन्न समुह क्लवहरुले टिम बनायर देउसी भैलोको तयारी गरेका छन् । ‘तिहारका लागि घर रङगाउन लागेका छौं , सवैका घरहरु लिपपोत भईसके हामीहरुले पनि घर सजाउनमा लागेका छौं –तुलसीपुर –४ की मुना नेपालीले भनिन् । त्यस्तै देउसी भैलोका लागि नृत्य सिकने काम भएको बालिका खड्का बताउछिन् ।

प्र्रदेशमा बस्ने दाई भाई र दिदि बहिनिहरु पनि घर आउने क्रम जारी रहेको छ । यातायातका साधनहरु पनि यात्रुहरुले खचाखच भरिएका छन् । ‘ तिहार आएकाले एक बर्ष पछि घर जादैछु यातायातका साधनहरुमा टिकट पाउननै मुस्कीलत – भारतको गढवालवाट आएको रामकुमार विकले भने । ’ भाइ टीकाका लागि प्रयोग हुने भाइ मसला खरिद गर्नेको चहलपहल पनि बजारमा बढेको छ । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाई मसला भन्ने गरिन्छ । बजारका चोक चोकमा राखिएका मसला पसलहरुमा भिड भाड लाग्ने गरेको छ । प्रायः सबैजसो सामग्री आयातीत हुन् । तिहार भित्री सकेकाले भाई मसला किन्नेर लैजान लागेको पुरन्धारा निवासी कमला वलीले बताइन् । जिल्लाका विभिन्न बजारहरुमा भाइ मसलाको व्यापार र बासना चल्ने गरेको छ । पसलहरूमा राखिएको प्लाष्टीका माला, खाद्य बस्तुहरु, तेल घूयु, काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनिले पनि बजारका विभिन्न चोक र पसलहरु आकर्षक देखिन्छन् ।

‘तिहारका लागि आवश्यक खाद्य बस्तुहरु लिन यहाँ बजार आएका छौं बजारमा भिडभाड धेरै छ – स्थानीय गिता केसीले भनिन् । उनले अन्य बर्षहरु भन्दा यस बर्ष सवै बस्तुको मूल्य वृद्धि भएको उनले बताइन् । अन्य पसलहरुमा नयाँ कपडा किनमेल गर्नेहरुको पनि भिड लागेको छ । ‘बजारमा खाद्य बस्तुका साथ साथै भाइ मसला बिक्री गर्न भ्याइ नभ्याई छ, तिहारमा यस्ता बस्तुको माग बढी हुन्छ –व्यवसायी सिता भण्डारीले भनिन् । त्यस्तै बजारमा तिहारका लागि पाला, दियो, बिजुली बत्तीहरू, टोपी, रङहरुको व्यापार पनि बढेको छ । ‘तिहारमा झिलिमिली बत्तीहरु किन्न बजार आएको अर्का स्थानीय पोषण केसीले बताए । उनले तिहार नजिकीएकाले यसको माग पनि बढेको बताए ।कति पयले घरमा आज भोलि देखिनै झिलिमिली बत्तीहरु जडान गरि सकेका छन् ।

त्यस्तै स्थानीय देखि लामो दुरीमा सञ्चालन हुने यातायातका साधनहरुमा समेत भिड भाड हुने गरेको छ । ‘चाडपर्व सुरु भएकोले यातायातका साधनहरुमा आज भोलि भिडभाडनै हुने गरेका छन् –यातायात व्यवसायी दिपेन्द्रकुमार भण्डारीले भने । किन मेलका लागि बजार सम्म आउने मानिसहरुका कारण यातायात साधनको छोटो दुरीका यात्रुहरुलाई भने समस्या हुने गरेको छ । ‘जति यातायातका साधन थपीए पनि भिडनै हुने गर्छ आज उभियरै भएपनि बजार आए –पश्चिम दाङकी शोभा वलीले भनिन् । यो वर्ष तिहार पर्व कार्तिक ९ गतेदेखि शुरु हदैछ । तिहारको भाइटिका कार्तिक १२ गते परेको छ । तिहारको टिकाको साइत ११.५५को साइत उत्तम भएको पञ्चाङक निर्णायक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*