Home / Feature Breaking news / बजाजको डोमिनार २५० सिसी मोटरसाइकल बजारमा

बजाजको डोमिनार २५० सिसी मोटरसाइकल बजारमा

दाङ,२६ पुस । बजाज कम्पनीको नयाँ मोडेलको मोटरसाइकल बजार डोमिनार २५० बजारमा आएको छ । बजार कम्पनी दाङको आधिकारिक डिलर राप्ती अटो इन्जिनियरिङ (बजाज स्वरुम) दाङले आइतवार एक कार्यक्रमको आयोजना गरि मोटरसाइकल लन्च गरेको हो ।

नयाँ मोटरसाइकलको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता र सिद्धार्थ बैंक घोराही शाखाका प्रवन्धक मिगेनसिंह ठकुरीको विशिष्ट आतिथ्यतामा लन्च गरिएको थियो । युवाहरुको मागलाई मध्यनजर गर्दै नयाँ मोडेलको मोटरसाइकल कम्पनीले ल्याएको हो । ग्राहकहरुको रोजाइलाई मध्यनजर गर्दै बजाज कम्पनीले नयाँ नयाँ मोडेलका मोटरसाइकलहरु लन्च गरि रहेका बेला बजारले २५० सिसीको मोटरसाइकलमा पहिलो पटक ६ गेर रहेको मोटरसाइकल लच्न गरेको हो । २५० सिसीको मोटरसाइकलमा ६ गेर रहेको यो पहिलो मोटरसाइकल रहेको कम्पनीले जनाएको छ ।

४ लाख ८९ हजार नौ सय मुल्य रहेको मोटरसाइकल युवाहरुको लागि आकर्षक, डवल च्यानल एभिएसका कारण राम्रो ब्रेक, डिटिएआई इन्जिनका कारण इन्जिन राम्रो,डवल प्लक स्टभका कारण पावर पिकअफ राम्रो हुनका साथै पेट्रोल बचत, अन्य बाइकको तुलनामा इन्जिन ढिला तातिने र पक्की बाटो, कच्ची बाटोसँगै पहाडहरुमा समेत चलाउन सकिने मोटरसाइकल रहेको राप्ती अटो इन्जिनिरिङ (बजार स्वरुम)का सञ्चालक बलदेव योगीले जानकारी दिएका छन । कम्पनीले तीन कलरमा मोटरसाईकहरु ल्याएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रिसासनले बजार कम्पनीले नयाँ नयाँ मोडेलका आकर्षक मोटरसाइकहरु ल्याउने र विग्रदा जुनसुकै ठाउँमा पनि सजिलै बनाउन सकिने भएका कारण बजाज कम्पनीका मोटरसाइकलहरु युवाहरुको रोजाईमा पर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*