Home / Feature Breaking news / महिलाको क्षमता विकासमा जेसीज र मेरो अनुभव

महिलाको क्षमता विकासमा जेसीज र मेरो अनुभव

जेसी सन्जीता गौतम

सन् २००८ मा दाङ लेडी जेसीजको स्थापना सँगसँगै मलाई जेसीजमा प्रवेश गर्ने अवसर प्राप्त भयो । विहे अनि घरायसी जिम्मेवारी र आमा बनिरहँदा हामी महिलाहरु पढाइ सँगसँगै आफ्नो इच्छा, आकांक्षा नै कता–कता बिलिन भइसकेका हुँदारहेछन् ।

आफ्ना धेरै इच्छाहरु लक्ष्यहरु हराउँदा रहेछन्, मेरो जीवनमा पनि त्यस्तै भएको थियो । म पूर्णरुपमा गृहणी नै थिएँ । घरबाट बाहिर ननिस्किएर नै महिनांँ बितिसक्थ्यो । त्यस्तो अवस्थामा महिला जेसीजमा प्रवेश गर्ने अवसर प्राप्त भयो । सुरुमा केही बुझेको पनि थिएन, जान पनि त्यति धेरै मन लाग्दैनथ्यो । त्यहाँको नीतिनियम पनि अलि असहज महशुस हुन्थ्यो । कार्यक्रमहरुमा पनि करले कहिलेकाहीँ जाने गरेको थिएँ ।

त्यसैगरी जाँदै गर्दा अलि–अलि घरबाहिर जाने वातावरण बन्दै गयो । बुझ्दै जाँदा जिज्ञासु पनि बनायो । जेसीजका तालिमहरु लिँदा ऊर्जा प्राप्त भएको महशुस हुनथाल्यो । त्यसपछि चाख बढ्दै जानथाल्यो । सुरु–सुरुमा कार्यक्रमहरुमा बोल्दा साह्रै डर लाग्थ्यो, बोल्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । पछि–पछि त्यो पनि बानी पर्दै गयो । त्यसपछि मैले धेरै कुरा सिक्ने अवसर पाएँ । आपूmमा निखारता थपिँदै गयो ।

समय व्यवस्थापन गर्न, घरको व्यवस्थापन गर्न, छोराछोरी सबै कुरा मिलाएर आपूmलाई व्यवस्थापन गर्न, समाजसँग परिचित हुन, साथीभाइ सबैसँग घुलमिल हुन, हरेक कुरा सिक्न पाएँ । त्यसपछि ममा अलि निखारता थपियो । नेतृत्व गर्नसक्ने क्षमता, आपूmलाई परेपछि गर्न सक्ने आँट, हिम्मत, सहनशीलता र शाहस बृद्धि भयो । जेसीज युवाहरुको विश्वविद्यालय हो भनेर पटक–पटक सुनिरहँदा अनौठो लाग्थ्यो, त्यहाँ प्रवेश गरेपछि बल्ल बुँझे, वास्तवमा जेसीज व्यावहारिक विश्वविद्यालय नै रहेछ ।

जेसीजको १ व्यक्ति, १पद, १ वर्ष नियमानुसार म सन् २०१६ मा सर्वसम्मत अध्यक्ष बन्ने मौका पाएँ । अध्यक्ष भइसकेपछि सबै जनाको साथ, सल्लाह, सुझावले आपूmले भ्याएसम्मको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरेँ । अब जुन क्षेत्रमा काम गर्न पनि सकिन्छ भन्ने जुन आँट, हिम्मत आत्मविश्वास छ, त्यो मैले जेसीजबाट प्राप्त गरेँ ।

वर्तमान युग ज्ञानको युग हो भनिन्छ तर महिलालाई त्यही ज्ञान प्राप्त गर्ने इच्छा हुँदाहँुदै पनि अवसर प्राप्त हुन सक्ने रहेनछ । धेरै महिला चाहेर पनि पढ्न सक्दैनन्, अनौपचारिक शिक्षाको लागि पनि कठिन हुन्छ । हामी महिलाहरु घरमै सीमित हुन्छौँ । घरको काममै हामीलाई भ्याइ–नभ्याइ हुन्छ । त्यसकारण पढ्ने, लेख्ने भनेको हामीले फुर्सदमा मात्र हो । कुन पुस्तक पढ्ने, कुन नयाँ पुस्तक आयो भन्ने कुरामा हामी पुरुषभन्दा धेरै पछाडि नै छौँ ।

त्यसैले पनि महिलाहरुमा पठन प्रक्रियामा थोरै भए पनि विकास होस् भनेर ड्रिम प्रोजेक्टको रुपमा महिलाहरुका लागि छुट्टै पुस्तकालयको स्थापना घोषणा गरेको थियो । अनिता देवकोटा दिदीको हौसला, सहयोग र अन्य थुपै्र सहयोगी हातहरुको मद्दतले आज पुस्तकालय सञ्चालनमा छ ।

हामी महिलाहरुका अगाडि धेरै चुनौती छन् । काम गर्ने क्रममा थुप्रै अप्ठ्यारा आउँछन्, आपूm हिड्ँदा घरको व्यवस्थापन गर्ने गाह्रो छ । सामाजिक कार्य गरेर घर फर्कंदाको पीडा पनि धेरै–थोरै हामीले भोग्नै पर्छ । त्यसैले महिलाहरुका लागि छुट्टै संगठन निर्माण भयो भने महिला सक्रियता बढ्छ, जसले महिलाको विकासमा टेवा पु¥याउँछ र महिला र पुरुष सँगसँगै हातेमालो गरी सामाजिक विकासमा अघि बढ्न सकिन्छ र चाहेजस्ता समाजको निर्माण गर्न सकिन्छ ।

महिलाको चौतर्फी विकासको लागि महिला जेसीजजस्ता संस्थाहरु अब हरेक स्थानमा सञ्चालन हुन आवश्यक छ । जेसीजबाट उत्पादन भएका महिलाहरु सबै हरेक क्षेत्रमा सक्षम देखिन्छन् । आपूmभन्दा पछिल्लो पुस्ताका अहिलेका बहिनीहरुको लगनशीलता क्रिशीलता देख्दा पनि असाध्यै खुशी लाग्छ । त्यसैले १८–४० वर्षसम्मका सम्पूर्ण महिलाहरुलाई मेरो आग्रह छ कि महिला जेसीजमा आउनुहोस्, आफ्नो व्यक्तित्व, नेतृत्व विकासमा अझै निखारता ल्याउनुहोस् । ‘जन्मँदै सबै व्यक्ति सक्षम हुँदैनन्, आपूmमा निखारता थप्ने काम आफै गर्नु पर्दछ ।’ हामीले विद्यालय र कलेजमा पढेको ज्ञानभन्दा जेसीजमा लिएको ज्ञान नै धेरै व्यावहारिक छ ।

म अहिले जति सिकेकी छु सबै जेसीजले सिकाएको हो । महिला जेसीज स्थापना गरेर हामी महिला दिदीबहिनीहरुको जुन नेतृत्व र व्यक्तित्व विकास गर्ने अवसर प्राप्त भयो त्यसको लागि सबै संस्थापकहरु र संस्थापक अध्यक्ष जेसी निर्मला गौतम दिदीलाई धेरै धन्यवाद दिन चाहन्छु । मलाई हरसमय घचघच्याएर जेसीजमा पठाउने मेरा श्रीमान् सुदीप गौतमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

भर्खरै २०२० को जेसी जिबा भुसाल नेतृत्व टिमले समाजमा उत्कृष्ट छाप छोड्न पनि सफल भएको छ । जेसीजको छविलाई उचाईमा पु¥याएको छ । महिलाको क्रियाशीलतालाई नरुचाउने यो समाजमा पनि उहाँहरुले आफ्नो सशतm उपस्थिति देखाउनुभएको छ । उहाँहरुलगायत उहाँको टिमलाई मुरीमुरी धन्यवाद छ । साथै २०२१ को नेतृत्व जेसी ममता विष्टको टिमले पनि सक्रियताका साथ जेसीजको गरिमालाई अझै उच्च स्थानमा पु¥याउँदै महिला सशक्तिकरणको अभियानमा सफल रहोस्  हार्दिक शुभकामना ।

गौतम जेसीआई दाङ लेडीको पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*