Home / Feature Breaking news / लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए सपथ

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए सपथ

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्। त्यस्तै केसीले मन्त्री र राज्यमन्त्रीहरूलाई पनि सपथ खुवाएका हुन्।

डिल्ली चौधरीले ग्रामीण विकास तथा सहरी विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। सहसराम यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। पुर्मती ढेंगा,अजय शाहीले विनाविभागीय मन्त्रीको रूपमा सपथ लिएका छन्। केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।

यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ ९ २० अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*