झापामा मंगलबार सरकारविरुद्ध भएको प्रदर्शनपछि कोणसभामा बोल्दै नेता सिटौलाले संख्याको आधारमा सरकार तानाशाह बन्न खोजेको बताए।
‘राजा ज्ञानेन्द्रलाई जस्तै सरकारलाई पनि मात लाग्यो। ज्ञानेन्द्रले जनता बिर्सेका थिए। शासन व्यवस्था आफ्नो हातमा लिएका थिए’ उनले भने, ‘दुई तिहाइ संख्याको आधारमा सरकार तानशाह बन्न खोज्यो।’
संख्याको आधारमा नभइ संविधानअनुसार शासन गर्न प्रधानमन्त्रीलाई सिटौलाले आग्रह गरे।
‘सपना र कल्पनामा उड्दै हुनुहुन्छ। तपाईं होसमा हुनुहुन्न। धेरै नमात्तिनुस्’ सिटौलाले भने, ‘जनतालाई नछाड्नुस्। जनता भन्दा ठूलो कम्युनिष्ट पार्टी होइन।’
द्वन्द्वकालका मुद्दा अझै बाँकी रहेको भन्दै सिटौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट पार्टी एक हुँदैमा द्वन्द्वकालका पीडा नहराउने बताए।
प्रचण्डलाई आफ्नो इतिहास सम्झन उनले आग्रह गरे।