Home / Feature Breaking news / अल्पज्ञान समाजका लागि हानिकारक : मुख्यमन्त्री पोख्रेल

अल्पज्ञान समाजका लागि हानिकारक : मुख्यमन्त्री पोख्रेल

लिलाधर वली

दाङ,२१ साउन । अल्पज्ञानलाई सम्पूर्णता ठान्ने प्रवृति समाजका लागि हानिकारक हुने प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन् । दाङको घोराहीमा निर्माण भएको सर्वाेदय पुस्तकालय तथा बाचनालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले अल्पज्ञान भएका व्यक्तिले आफुलाई सर्वज्ञाता ठान्दा समाजले बाटो बिराउने गरेको बताएका हुन ।

म्ख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालका कारण पढन सस्कृतिमा ह्रास आएको भन्दै ज्ञान बढाउनका लागि अध्ययनमा ध्यान दिन समेत नयाँ पुस्तालाई आग्रह गरे । ‘मोवाइल सस्कृतिका कारण पठन सस्कृतिमा ह्रास आएको छ,अहिले फेसवुक र टुवीटरमा शिर्षक पढेर आफुलाई सर्वज्ञाता सम्झने प्रवृति बढेको छ’–मुख्यमन्त्री पोख्रेलले भने–‘यो प्रवृति समाजका लागि हानिकारण छ,यसले समाजमा असन्तुष्टि र अराजकता बढाउने मात्रै काम गर्छ ।’ उनले अल्पज्ञानलाई सर्वज्ञान ठान्ने प्रवृतिका कारण समाजिक अराजकता छाएको बताए । यसको अन्त्यका लागि पुस्तकालयले भूमिका खेल्ने समेत विश्वास व्यक्त गरे

शिर्षक पढेर धारणा बनाउने नयाँ पुस्ताको प्रवृृतिका कारण समाजमा अराजकता ल्याएको भन्दै उनले यसलाई परिवर्तन गर्नका लागि हाम्रो अध्ययन शैलीलाई नयाँ शिराबाट बदल्न आवश्यक रहेको बताएका थिए । ‘परम्परागत अध्ययनशैलीको औचित्य सकिएको छैन’–उनले भने–‘ज्ञान आर्जनका लागि समग्रतामा अध्ययन गर्न आवश्यक छ, शिर्षक पढेर मात्र हुदै ।’ उनले पुस्तकालयलाई अव पुस्तकालय मात्र नभएर छलफल तथा बिमर्श गर्ने थलोका रुपमा विकास गर्न समेत आवश्यक रहेको बताएका थिए ।

पुस्तकालय आएर अध्ययन गर्ने मानिसहरुको संख्या न्यून हुने भएकाले पुस्ताकालय तथा बाचनालयलाई अध्ययनसँगै सामसायिक,सास्कृतिक,राजनीतिकलगायतका विषयमा छलफल गर्ने थलोका रुपमा विकास गर्न आग्रह गरेका थिए । साथै उनले सर्वाेदय पुस्तकालयको विकास लागि थप सहयोग गर्न समेत तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पुस्ताकालय ज्ञान आर्जनको भण्डार भएको भन्दै यसलाई पुस्तकालयसँगै ई–लाईबेरीका रुपमा समेत विकास गर्नुपर्ने बताएका थिए । त्यसैगरी उनीहरुले सुविधा सम्पन्न भवनलाई बहुउपयोगी भवनका रुपमा विकास गर्न समेत आग्रह गरेका थिए । दाङको शैक्षिक तथा राजनीतिक विकासका लागि सर्वाेदय पुस्ताकालयले महत्वपूर्ण योगदान दिएको समेत बताएका थिए ।

udghtan

सर्वाेदलय पुस्ताकालय तथा बाचनालय समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, पुस्ताकालयका सस्थापक तथा पे्रस काउन्सील नेपालका पूर्व अध्यक्ष एव बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, पुस्तकालयका सस्थापक तथा पूर्व माननिय एकराज शर्मा, जिल्ला समन्वय समितिका प्रम्ुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव सुदिप गौतमले गरेका थिए ।

८० लाखको लागतमा नयाँ भवन
यसैविच राप्तीकै सवैभन्दा पुरानो सर्वाेदय पुस्तकालय तथा बाचनालयको नयाँ दुई तले सुविधा सम्पन्न भवन निर्माण भएको छ । प्रदेश नं. ५ सरकारको करिव ८० लाखको लागतमा घोराही उपमहानगरपालिका–१५ को गौतमनगरमा दुई तले सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

दुई तले भवनको तल्लो तला व्यापारिक प्रयोगमा लगाइने र दोश्रो तलामा लाईबे्ररी सञ्चालन गर्ने सर्वाेदय पुस्तकालय तथा बाचनालयका सचिव सुदीप गौतमले जानकारी दिएका छन् । पुस्तकालयमा छुट्टै अनुसन्धान कर्नर,थारु सस्कृति अध्ययन गर्न थारु कर्नर,पठन सस्कृति वृद्धिका लागि अन्तरक्रियात्मक कार्यक्रम गर्नका लागि सभाहल सञ्चालन गर्ने लक्ष्य पुस्ताकालयले लिएको छ । त्यसका लागि थप दुई तला निर्माण आवश्यकता औल्याउदै प्रदेश सरकार समक्ष अनुरोध गरेका छन ।

२०१० साल मा स्थापना भएको सर्वोदय पुस्तकालय तथा बाचनालयलाई स्व. टेकनाथ गौतमको परिवारले जग्गा उपलव्ध गराएका थिए । २०१६ सालमा निर्माण गरिएको पुस्ताकालय भवन पुरानोसँगै जीर्ण बनेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको हो । २०१० साल जेठ १२ गते शिक्षा मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै यसको औपचारिक स्थापना मानिएको छ । निरन्तर सञ्चालन भैरहेका देशका पुराना पुस्तकालय मध्य सर्वाेदय पुस्तकालय पनि एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*