Home / Feature Breaking news / आईटिएफ तेक्वान्दो संघद्धारा ज्येष्ठ नागरिकलाई मास्क र फलफुल वितरण

आईटिएफ तेक्वान्दो संघद्धारा ज्येष्ठ नागरिकलाई मास्क र फलफुल वितरण

दाङ,२१ साउन । दाङ आईटिएफ तेक्वान्दो संघले ज्येष्ठ नागरिकहरुलाई विभिन्न सामग्री सहयोग गरेको छ । संघमा आवाद्ध प्रशिक्षक तथा खेलाडीहरु घोराही उपमहानगरपालिका वडा नं. १६ तेरौटे स्थीत वृद्धआश्रम पुगेर ज्येष्ठ नागरिकहरुलाई मास्क तथा फलफुल वितरण गरेको हुन ।

नेपाल इन्टरनेशलन तेक्वान्दो संघको २३ औं बार्षिक उत्सवका अवसरमा दाङ आईटिएफ तेक्वान्दो संघले बधवार वृद्धआश्रममा पुगेर आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्रीका रुपमा मास्क वितरण गरेको हो ।

संघका अध्यक्ष भीमबहादुर थापाको नेतृत्वमा गएको टोलीले मास्क तथा फलफुल सहयोग गरेको हो । सहयोग कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष आकाश विश्वकर्मा, उपाध्यक्ष भुपेन्द्र रोकामगर, सचिव मधु पन्त,कोषाध्यक्ष झक्मा विष्ट बस्नेतलगायत संघमा आवद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।

कोरोना भाइरसका अन्य कार्यक्रम गर्न सक्ने अवस्था नभएपछि संघले ज्येष्ठ नागरिकहरुलाई फलफुल र स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन । कोरोना भाइरसका कारण लामोसमयसम्म स्थगित रहेका आईटिएफ तेक्वान्दो खेलहरु लकडाउन खुलेसँगै सामाजिक दुरी कायम गरेर हुन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*