Home / Feature Breaking news / गठबन्धनलाई जिताउन दाङ २ ‘क’ मा दलित अगुवाकाे भेला

गठबन्धनलाई जिताउन दाङ २ ‘क’ मा दलित अगुवाकाे भेला

घोराही, १४ कार्तिक
आगामी मंसिर ४ गतेको निर्वाचनलाई मध्य नजर गर्दै दाङ जिल्ला क्षेत्र नं २(क) को गठबंधन दलहरुको दलित समुदायका अगुवाहरुको भेला घोराहीमा सम्पन्न गरेको छ। बंगलाचुली गाउपालिकाका ८ वडा र घोराही उपमहानगरपालिकाका ७ वटा वडा गरी १५ वटा वडा रहेको २(क) क्षेत्रका दलित समुदायका अगुवाहरुको उपस्थिति रहेको थियाे ।

भेलामा उपश्थित नेता तथा कार्कर्ताले दलित समुदायमा भोगेका बिभिन्न बिषयमा भनाई राखेका थिए ।
छलफलमा ज्योती नेपाली, पदमा परियार, लीलावती नेपाली , मेघ बहादुर दमाई, राम बहादुर नेपाली बादी, भीम बहादुर नेपाली, यमराज नेपाली शिबराज परियार लगायतले सुझाव एवं गुनासाहरु राख्नुभएको थियो।
भेलामा नेपाली कांग्रेसका लुम्विनि प्रदेशका समानुपातिक उमेदवार लिला नेपाली , राष्ट्रिय जनमेर्चाका समानुपातिक उमेदवार गणेश आचार्य , माआोबादी केन्द्रका केन्द्रीय सदस्य रमेश वलीले गठबन्धनको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।
भेलामा दाङ क्षेत्र नं २(क) का प्रदेश सभा सदस्य पदका उमेदवार राजु खनालले दलितहरुको अधिकारको सन्दर्भमा हरेक सुख दुखमा आफुले साथ दिने बचन दिदै आफुलाई मत दिएर बिजयी गराउन सबैलाई आह्वान गर्नुभएको थियो ।

भेलाका प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले नेपाली कांग्रेस सधैभरी दलितका अधिकार प्राप्तिका लागि लड्दै आएको र सधैभरि दलित हरुका समस्या सॅ्बोधन गर्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। उहांले गठबंधन अहिलेको आवश्यकता भएकोले गठबन्धनको जितले मात्र सबैको अधिकार सम्बोधन हुने बताउनु भयो ।

भेलामा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, पुर्व जिल्ला सभापति बीरकेशरी गौतम, नेपाली कांग्रेस २(क) का सचिव शिशिर अधिकारी, दलित संघ दाङका अध्यक्ष बाबुराम बि.क लगायतले भनाई राख्नुभएकाे थियाे ।
निर्वाचन परिचालन उप समितिका दलित समुदायका संयोजक केशव नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गणेश बिश्वकर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*