Home / समाचार / घाेराही महाेत्सवमा शनिवार पुष्कल र चन्द्र लगायतकाे प्रस्तुति

घाेराही महाेत्सवमा शनिवार पुष्कल र चन्द्र लगायतकाे प्रस्तुति

घाेराही, १० माघ

घोराहीमा सुरु भएको कृषि औद्योगिक महोत्सवमा शनिबार राष्ट्रिय एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

शनिबार लोक दोहोरी गायक पुष्कल शर्मा, चन्द्र शर्मा को विशेष प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिले जनाएको छ । यसैगरी जिल्ला स्तरिय लोक दोहोरी प्रतियोगिता महोत्सवको अर्को आकर्षण रहने छ । यो महोत्सवमा जिल्ला स्तरिय लोक दोहोरी गीत प्रतियोगिताको आयोजना गरिएको छ ।

दोहोरी प्रतियोगिता प्रत्यक दिन चल्ने छ । साथै शनिबार स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने मुल आयोजक समितिले जनाएको छ । यसअलावा महोत्सवमा बाल उद्द्यान, मौतका कुवा, पिङको मनोरञ्जन पनि लिन पाइने छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबार देखि घोराहिमा महोत्सव सुरु भएको हो ।

२२ गते सम्म चल्ने महोत्सवको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले गरेका हुन । महोत्सवमा ख्याती प्राप्त कलाकारहरु प्रस्तुतिका लागि आउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*