Home / Feature Breaking news / कमल खत्रीले तताए घोराही

कमल खत्रीले तताए घोराही

दाङ,१२ माघ । घोराहीमा जारी पर्यटन तथा कृषि औद्योगिक मेलाको तेस्रो दिन आईतवार घोराही संगितमय बन्यो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जान दिएको थियो । आईतवार महोत्सवको मुख्य आकर्षकको रुपमा पप गायक कमल खत्री रहेका थिए । आधा दर्जन बढि गीत गाएका उनले दर्शकहरुलाई नचाएका थिए ।

झमक्कै साँझ पर्नै आँटेपछि स्टेजमा प्रस्तुत गायक कमलले जब पप गीतका तानाबुना खोले तव दर्शक दिर्घा तात्न सुरु भयो । कार्यक्रममा सहभागी युवायुवतीहरुले उनको स्वरमा स्वर मिलाएर गीत गाएका थिए । जाउँला रेलैमा बोलको गीतबाट आफ्नो प्रस्तुतीको दैलो खोलेका गायक कमलले मायाँ लैलै बोलको गीतमा दर्शकहरु निकै नचाएका थिए । यसैगरि गायिका सिर्जना केसी आईतवार अर्को आकर्षक थिईन् । डबल मायाँ बोलको गीतबाट प्रस्तुती दिन सुरु गरेकी केसीलले नौटंकी मायाँ बोलको अर्को गीत गाउँदा दर्शक झुमेका थिए ।

यसैगरि आईतवार महोत्सवमा आएका दर्शकहरुलाई गायक कृष्ण रेउलेले मौलिक लोक गीतको स्वाद चखाए । के मायाँ लाउनु र बोलको गीतले दर्शकहरुलाई मौलिक लोक गीतको स्वाद चखाएको थियो । यसैगरि उनले साईँली बोलको झ्याउरे गीतमा दर्शकहरुलाई नचाएका थिए । यस अलावा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुतीले महोत्सव थप संगितमय बनेको थियो ।

१० माघ देखि सुरु भएको महोत्सवको तेस्रो दिन महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सवको चौथो दिन गायक सन्दिप न्यौपाने, सहिमा श्रेष्ठ लगाएका कलाकाहरुको प्रस्तुती रहने छ । यसैगरि जिल्ला स्तरिय दोहोरी गीत प्रतियोगीता समेत हुने छ । दाङ चेम्वर अफ कमर्शको आयोजनामा सुरु भएको महोत्सव २२ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*