Home / Feature Breaking news / संसद् अधिवेशन आजदेखि : पार्टीहरुका शीर्ष नेताले बोल्ने, विद्युतीय हाजिरी गराइने

संसद् अधिवेशन आजदेखि : पार्टीहरुका शीर्ष नेताले बोल्ने, विद्युतीय हाजिरी गराइने

सोमबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन सुरु हुँदैछ। नवगठित प्रतिनिधि सभा र अविच्छिन्न संस्थाको रुपमा रहेको राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो।

प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची तय गरिएको छ। निर्वाचनको मत परिणाम घोषणा भएको तीस दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने व्यवस्था अनुसार राष्ट्रपतिले गत पुस १२ गते नै पुस २५ गतेका लागि अधिवेशन आह्वान गरेकी थिइन्।

त्यस्तै, संघीय संसद् सचिवालयले सांसदहरुलाई विद्युतीय हाजिरी गराउने व्यवस्था सुरु गर्न लागेको छ। सोमबारबाट परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद्‌ सचिवालयले जनाएको छ।

प्रचलन अनुसार संसद्को अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ। त्यसै अनुसार, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनका जानकारी पनि सांसदहरुलाई दिइनेछ। शोकप्रस्ताव पनि कार्यसूचीमा छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे पनि जानकारी दिइनेछ।

बैठकको सञ्चालन ज्येष्ठ सदस्यका रुपमा राप्रपा सांसद पशुपति शमशेर जबराले गर्नेछन्। प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभा नियमावली-२०७५ अनुसार नै सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*