Home / Feature Breaking news / विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्या र यसको रोकथाम

विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्या र यसको रोकथाम

लक्ष्मी ढकाल
हरेक वर्ष सेप्टेम्वर १०अर्थात भाद्र २४ गतेलाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइन्छ । यस वर्ष २०२३मा पनि मानसिक तथा मनोसामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति,संघसंस्था तथा सरकारी निकायहरुले पनि २१औ विश्व आत्महत्या रोकथाम दिवस आशा जगाऔ जिवन बचाऔ भन्ने नाराका साथमा विभिन्न कार्यक्रमहरु मनाइरहेका छन । आत्महत्या व्यक्ति र परिवारको मात्र नभइ सामाजिक समस्या भएकाले आत्महत्या रोक्नका लागि सवैको एकदमै महत्वपूर्ण भूमिका रहन्छ ।
आत्महत्या भनेको आफ्नो जीवन आपैंmले थाहा पाएर नै लिने ब्यवहार हो । आत्महत्यालाई यसको प्रकृति अनुसार आत्महत्या र आत्महत्या प्रयास भनी दुई प्रकारको मानिन्छ । आत्महत्या प्रयासको संख्या आत्महत्या भन्दा बढि हुनेगर्दछ । प्रायः एक आत्महत्या हुदाँ २०/३० आत्महत्या प्रयास हुने गरेको पाइएको छ ।

आत्महत्या प्रयास गर्नेहरूको संख्या मध्ये १० प्रतिशतले पछि आत्महत्या गर्ने गरेको छ । युवाहरूमा आत्महत्या गर्ने वा प्रयास गर्ने संख्या अन्य उमेर संख्या भन्दा ज्यादै बढि हुने गरेको छ । यसमा पनि किशोरीहरूमा यो संख्या किशोरहरूको अनुपातमा बढी छ । आत्महत्याले ब्यक्तिको निधन मात्र नभई परिवार, विद्यालय वा समुदायमा नै असर पार्दछ ।

मानिसले किन आत्महत्या गर्छन त ?

९० प्रतिशत आत्महत्या मानसिक रोगसंग सम्वन्धित हुन्छन् ।
आत्महत्या गर्ने अधिकांश व्यक्तिमा डिप्रेशन,लागु पदार्थको दुव्यसनी,कडा खालको मानसिक समस्या देखिन्छ ।
मानसिक समस्या भएपछि व्यक्तिले राम्रोसँग काम गर्न सक्दैन।
मानसिक समस्यालाई अझै पनि धेरैले राम्रोसँग बुझन सकेका छैनन ।
मानसिक रोगको समयमै पहिचान हुन नसक्दा पनि आत्महत्याको घटना घटछ ।
आत्महत्या रोक्न सकिन्छ ,उपचार सम्भव छ । मानसिक रोगको उपचार गर्न अहिले पैसाको आवश्यकता पर्दैन । विभिन्न संघ संस्थाले पनि यसको उपचारमा सहयोग गरिरहेको छ ।
असफलता मात्र हुदा पनि मानसिक समस्या देखिन्छ ।

खतरनाक संकेतहरू देखिने अवस्थाहरू

पहिल्यै नै आत्महत्याको प्रयास गरिसकेका छन् भने ।
आत्महत्या बारे अरूसँग कुरा गर्न थालेमा ।
परिवारका सदस्यले आत्महत्या गरेको छ भने ।
मानसिक बिकार छ भने वा उपचार भएको थियो भने ।
परिवारमा मृत्यु भएमा, पारपाचुके भएमा, वा प्रेम असफल भएमा ।
परीक्षामा असफल भएमा ।
सामाजिक रूपले एक्लो भएमा वा एक्लो महशुष भएमा ।
उदासिनताको लक्षणहरू धेरै देखिएमा ।
मृत्यु वा मर्ने बारे बढि तल्लिन हुन थालेमा ।
परिवार वा सामाजिक वातावरणमा हिंसा भएमा र त्यसले प्रभाव पारेमा ।
केही युवाहरूमा आफनो स्व: प्रतिमा नै नकारात्मक भएमा । जस्तै : शरीरको बनावटमा असन्तुष्ट भएमा वा तिब्र उदासिनता भएमा ।
आफूले मन पराएको कुराहरू अरूलाई उपहार भनि दिन थालेमा ।

आत्महत्याको सोच भएका व्यक्ति सम्म कसरी पुग्ने

जब कुनै व्यक्तिले म “जीवनसँग आजित भईसके” अथवा “बाँच्नुको कुनै अर्थ नै छैन” भन्छ त्यस्ता व्यक्तिहरुलाई प्राय त्यसै टार्ने गरिन्छ वा अरु अन्य कष्टकर जीवन विताईरहेका व्यक्तिहरुको उदाहरण दिने गरिन्छ । त्यस्ता व्यक्तिहरुको नजिक जान एकदम जरुरी हुन्छ ।

आत्महत्याको सोच भएका व्यक्तिसँग व्यवहार गर्ने तरिका

ध्यानपूर्वक उनीहरुको कुरा सुन्ने र आफू शान्त रहने ।
भावना बुभ्mने, फर्काउने र अनुभूति प्रदान गर्ने ।
व्यक्त गरेका कुरालाई अमौखिक रुपमा स्वीकार गर्ने र आदर गर्ने साथै उ जस्तो अवस्थामा भएता पनि उसलाई स-सम्मान स्वीकार गर्ने ।
सत्य र साचो कुरा बुझ्न खोज्ने ।
आप्mनो स्नेही व्यवहार प्रदर्शन गर्ने ।
अवस्थालाई गम्भीर पूर्वक लिने र जोखिमको मात्रा लेखाजोखा गर्ने ।
सहयोग प्रणाली पत्ता लगाउन सहयोग गर्ने ।

यस्ता उपायहरु लागु गर्दा पनि समस्या बढन थाल्यो भने तुरुन्तै मनोविमर्शकर्ता, मनोविद या मनोचिकित्सकको सहयोग लिने ।मनोविमर्श सेवाले व्यक्तिको मनसँगसम्वन्धित भावनात्मक समस्यालाई व्यवस्थापन गर्न सहयोग मिल्नेछ ।

आत्महत्याको योजनाबारेमा बुझ्ने । जस्तै : पहिला प्रयास गरेको छ छैन वा के गरी गर्ने योजना बनाएको छ, कहिले गर्ने योजना बनाएको छ आदि ।
आत्महत्याको सोच र योजनाको बारेमा सोध्ने साथै उपयुक्त भए सम्म त्यस्ता सामाग्री हटाईदिने ।
उसका नातेदार तथा नजिकका व्यक्तिहरुलाई खबर गरिदिने । र अन्तमा केहि सीप नलागेमा माथिल्लो तहमा सिफारिस गर्ने ।

आत्महत्याको समस्यालाई कसरी रोकथाम गर्न सकिन्छ ?

आत्महत्याको दरलाई घटाउन प्रयास भएका छन, तर व्यवस्थित रुपमा भएको पाइदैन ।
सरकारले सेवा,निती, बजेट सवैलाई प्राथमिकता दिएर अघि बढनुपर्छ ।
आत्महत्या समस्या रोकथाम गर्न स्थानिय सरकारको प्रमुख भुमिका हुन्छ ।
मानसिक समस्याको मुद्धालाई ३ तहकै सरकारले प्राथमिकता दिनुपर्छ ।
सचेतनाहरु संचालन गर्ने
दिवस या घटनामा मात्रै केन्द्रित भएर मानसिक स्वास्थ्यका कुरा गर्ने होइनकि मानसिक स्वास्थ्यका मुद्धाहरुमाथि सधै छलफल हुन आवश्यक छ ।

लेखक मनाेसामाजिक मनाेविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*