Home / Feature Breaking news / प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

प्यूठान,२२ माघ । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भइनसकेको प्रहरीको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*