Home / Feature Breaking news / दाङमा यसरी निर्वाचित हुँदैछन् प्रदेश महाधिवेशन प्रतिनिधिहरु

दाङमा यसरी निर्वाचित हुँदैछन् प्रदेश महाधिवेशन प्रतिनिधिहरु

दाङ, २ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लाका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा निम्न पदहरुमा निर्वाचन हुने भएको छ ।

जसअन्तर्गत ६ वटै प्रदेश निर्वाचन क्षेत्रहरुमा एक÷एक जना सभापति, दुई÷दुई जना उपसभापति, दुई÷दुई जना सचिव र सहसचिवहरु निर्वाचन हुने व्यवस्था रहेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् । कार्यवाहक संयोजक बस्नेतका अनुसार प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा तीन महिलासहित दशजना प्रदेश प्रतिनिधिहरु खुल्लातर्फबाट निर्वाचित हुने भएका छन् ।

त्यसैगरी ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा दलिततर्फ १÷१ जना र मधेशी, मुस्लिम, अपांग अल्पसंख्यक मध्यबाट १÷१ जना निर्वाचित हुने व्यवस्था रहेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. १ (क) मा खस आर्यबाट एकजना र (ख) बाट एक जना महिलासहित दुई जना प्रदेश प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा एक महिलासहित २ जना र (ख)मा एक महिलासहित ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा १÷१ जना महिलासहित ३÷३ जना प्रदेश महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार आदिवासी जनजाति प्रदेश महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ जना, क्षेत्र नं. २ (क) बाट एक महिलासहित २ जना र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । आदिवासी जनजाति प्रतिनिधिअन्तर्गत क्षेत्र नं. ३ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिको व्यवस्था छैन भने (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचनमा थारुबाट निर्वाचन क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ महिलासहित ३÷३ जना, निर्वाचन क्षेत्र नं. २ (क) र (ख) बाट १÷१ जना र निर्वाचन क्षेत्र नं. ३ (क) बाट एक महिलासहित दुई जना र (ख) बाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ । यसरी निर्वाचित भएका प्रतिनिधिहरु उक्त कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनअन्तर्गत जिल्लामा १ सय ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र ४२ जना प्रदेश पदाधिकारीहरु निर्वाचित हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*