Home / समाचार / जेसीवी दुर्घटनामा अपरेटर विकको मृत्यु

जेसीवी दुर्घटनामा अपरेटर विकको मृत्यु

घोराही २, मंसिर । दाङमा सडक मर्मतको क्रममा बिहीबार बिहान जेसिबि दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटी बजारदेखि लेक जाने ग्राभेल सडक मर्मतको क्रममा बिहान करिव ४ बजेतिर जेसीवी दुर्घटना हुँदा अपरेटर घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिलकुमार बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पर्यटकीयस्थल बंगलचुली लेक जाने सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो । वर्षाले ग्राभेल सडक केही बिग्रिएकाले मर्मत गर्ने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक बर्दिया गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष वलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*