Home / Feature Breaking news / तुलसीपुरमा थप २२ जनामा कोरोना संक्रमण

तुलसीपुरमा थप २२ जनामा कोरोना संक्रमण

दाङ,२७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा शनिवार २२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख शाहका अनुसार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका ८९ जनाको स्वाव परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको कन्ट्रयाक टे«सिङका आधारमा स्वाव संकलन गरिएका व्यक्तिहरु संक्रमित भएका हुन । जसमा समुदायस्तरका नागरिकहरुसँगै स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका छन् ।

योसँगै तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ । जस मध्य ८७ जना उपचारपछि डिस्चार्ज भैसकेका छन । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार शनिवार थपिएका २२ संक्रमितसँगै दाङमा कोरोना संक्रमितको संख्या ८ सय ७३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*