Home / Feature Breaking news / नगर सुरक्षाका लागि सिसी–क्यामेरा जडान

नगर सुरक्षाका लागि सिसी–क्यामेरा जडान

तुलसीपुर, २७ भदौ । नगर सुरक्षालाई ध्यानमा राख्दै तुलसीपुरमा सिसी क्यामेरा जडान कार्य सुरु भएको छ । तुलसीपुरका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिने तुलसीपुर उपमहानगरपाकिलाले जनाएको छ ।

बजारमा शान्ति, सुरक्षाका लागि तुलसीपुर बजारका विभिन्न २० स्थानमा क्यामेरा जडानका लागि स्थान छनोट गरी जडान कार्य अगाडि बढाएको इञ्जिनियर पवनकुमार योगीले जानकारी दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाले करिब २० लाख ९३ हजार लागतमा बजारमा सिसी क्यामेरा जडान गर्न लागेको हो ।

टेण्डर प्रकृया अनुसार काठमाडौंको आरम्भ इनर्जी एण्ड इलोक्ट्रोनिक प्रालि ललितपुरले सिसी क्यामेरा जडान गर्नका लागि जिम्मा पाएको छ । क्यामेरा जडानका लागि सम्झौता भएसँगै विहीवार स्थानको समेत छनोट भएको आन्तरिक व्यवस्थापन तथा खरिद ईकाई प्रमुख टोपबहादुर डाँगीले जानकारी दिएका छन् ।

प्राविधिक प्रहरी, प्रशासन, उपमहानगरपालिकाका प्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले विभिन्न स्थानको छनोट गरेका हुन् । जसअन्तर्गत १५ स्थानमा फिक्स र ५ वटा स्थानमा घुमाउन मिल्ने क्यामेरा जडान हुने छन् ।

तुलसीपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनको सहकार्यमा सिसी क्यामेरा जडान गर्न लागिएको हो । जसको कन्ट्रोल रुम ईलाका प्रहरी कार्यालयमा रहने छ । ५ वटा क्यामेराहरु आवश्यकअनुसार घुमाउन मिल्ने बताएको छ ।

वीरेन्द्र चोक, वीपी चोकमा दुईवटा, त्यस्तै जेसीज चोक, बाहिनी चोक, घोराही चोक, पातुखोला पुल, तुलसीपुर बोर्डिङ चोक, सल्यान रोडको खानेपानी, प्रगति चोक, सिद्धार्थ हार्डवेयर, रौनियार मेडिकल चोक, स्टार लज, सुनिल स्टेशनरी चोक, राप्ती प्रादेशिक अस्पताल र विद्युत अगाडि क्यामेराहरु जडान हुने भएका छन् ।

पहिलो चरणमा यो स्थानमा जडान गरिने अन्य स्थानका लागि बैंक तथा विभिन्न वित्तीय संस्थाहरु र उद्योग वाणिज्य संघसँग समन्वय गरी सिसी क्यामेरा जडान गरिने बताएको छ । ‘पहिलो चरणमा टेण्डर अनुसार काम हुने छ, अन्य वित्तीय संस्थाहरुलाई पनि हामीले आग्रह गरेका छौँ, पछि फेरि आवश्यकता हेरी जडान हुने छ’ – प्रमुख डाँगीले भने ।

तुलसीपुरमा सिसी क्यामेरा नहुँदा चोरीका घटनाहरु हँुदै आएका थिए भने आपराधिक क्रियाकलापमा संलग्नहरुको पनि अनुसन्धानमा कठिनाई भएको थियो । तुलसीपुरका विभिन्न पसलहरुमा रातीमा चोरी हुने र प्रहरी प्रशासनलाई त्यसको अनुसन्धान गर्न निकै कठिनाई भएको थियो । सिसी क्यामेरा जडान भएसँगै शान्ति, सुरक्षामा थप मद्दत पुग्ने बताइएको छ ।

शान्ति सुरक्षादेखि अनुसन्धानमा थप मद्दत : डिएसपी

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले अन्य स्थानीय निकायहरुमा जस्तै यहाँ पनि सिसी क्यामेरा जडान गर्नुपर्छ भन्ने आप्mनो मागको सुनुवाई भएको बताए ।

उनले तुलसीपुर क्षेत्र आपराधिक हबको रुपमा चिनिने र गुण्डागर्दी, चोरी, डकैतीमा संलग्नहरुको पहिचानका लागि पनि सिसी क्यामेरा जडान भएसँगै सहज हुने बताए । उनले आफूले करिब ८१ वटा सिसी क्यामेरा आवश्यक पर्ने योजना बनाएको र त्यसको सुरुवात भएको बताए ।

उनले सिसी क्यामेरा जडानसँगै शान्ति सुरक्षा कायम हुनुका साथै आपराधिक मानसिकता र आपराधिक क्रियाकलापमा कमी आउने बताए । ‘प्रहरीको सीमित साधन, स्रोतले मात्र काम गर्न समस्या थियो, अब सिसी क्यामेरा जडान भएसँगै शान्ति सुरक्षा र अनुसन्धानमुखी काम पनि हुनेछन्’ उनले भने ।

प्रमुख सिंहले पहिलो चरणमा सबैको समन्वयमा सिसी क्यामेरा जडान हुने र त्यसपछि थपका लागि पनि पहल हुनुपर्ने बताए । प्रमुख सिंहले अपराध अनुसन्धान, चोरी, लुटपाटजस्ता कार्यहरुमा प्रहरीलाई थप मद्दत पुग्ने अपेक्षा व्यक्त गरे ।

यस अघि तुलसीपुरका विभिन्न स्थानमा उद्योग वाणिज्य संघको समन्वयमा सिसी क्यामेरा जडान भए पनि एक÷दुई स्थानका क्यामेराले मात्र काम गर्ने गरेका थिए भने अन्य सबै विग्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*