Home / Feature Breaking news / नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा

नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा

केएल पीडित
दाङ,१४ मंसिर। नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ‘मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ, र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ ।’– प्रेक्षाले भनिन् ।

करिब १६ हजार प्रतिष्पर्धीहरुलाई उछिनेर प्रेक्षा उत्कृष्ट १० मा परेकी हुन् । आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ ।

दाङको घोराही उपमहानगरपालिका– १२ हापुर निवासी प्रेक्षा सामाजिक कार्य र अंग्रेजी विषयमा स्नातकको अन्तिम वर्षको पढार्इमा छिन् । बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा प्रेक्षाको विशेष रुचि थियो । हुने विरुवाको चिल्लो पात भनेझैं उनले बाल्यकालमै आफूलाई प्रतिभाशाली साबित गरिन् । कक्षा ४ मा पढ्दा (२०६५) उनले ठूलो पर्दाको चलचित्र ‘ज्यानको बाजी’को लागि गीत रेकर्ड गराएकी थिइन् ।

अहिलेसम्म उनले ८ वटा गीत रेकर्ड गरेकी छिन् । छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् ।

उनी सानै छँदा बुवा चेतनाथ लम्सालले अर्की श्रीमती विहे गरेपछि उनलाई आमा मिरा लम्सालले एक्लै हुर्काएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*