Home / Feature Breaking news / मञ्चद्वारा सर्रामा मास्क बैंक स्थापना

मञ्चद्वारा सर्रामा मास्क बैंक स्थापना

दाङ,२८ भदौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले मास्क वितरणको कार्यलाई व्यापक बनाएको छ । मञ्चले घोराही बजारका विभिन्न स्थानसँगै ग्रामीण क्षेत्रमा समेत मास्क वितरणको अभियानलाई पु¥याएको छ ।

आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग पु¥याउने उद्देश्यले मञ्चले जिल्लाका विभिन्न स्थानमा मास्क बैंक स्थापना गरेर सर्वसाधारण नागरिकलाई मास्क सहयोग गर्दै आएको छ । जस अन्तर्गत आइतवार घोराही उपमहानगरपालिका–१६ सर्रा चोकमा मास्क बैंक स्थापना गरिएको वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाहले जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिका–१६ को मुख्य चोकका रुपमा रहेको सर्रामा मास्क बैंक स्थापना गरेर ग्रामीण क्षेत्रबाट आउने नागरिकहरुलाई मास्क सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अध्यक्ष शाहले बताएका छन् । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं.२ का संयोजक लेखनाथ बुढाथोको रोहवरमा वडा नं. १६ का तरुण दलका अध्यक्ष चेतन बस्नेतले मास्क वितरण गर्ने गरि मास्क बैंक स्थापना गरिएको हो ।

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाहको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष ताराबहादुर डाँगीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा तरुण दल क्षेत्र नं. २ का अध्यक्ष नारायण जिएम, अस्थायी प्रहरी पोष्ट सर्राका इन्चार्ज शेरसिंङ धामी, तरुण दल घोराही–१६ का अध्यक्ष चेतन बस्नेतलगायतको बोलेका थिए ।

त्यस अवसरमा तरुण दल घोराही उपमहानगरपालिका वडा नं. १६ ले १ हजार ७१ पिस मास्क सहयोग गरेको थियो । कार्यक्रमको सहजीकरण मञ्चका क्षेत्रीय संयोजक लेखनाथ बुढाथोकीले गरेका थिए । १०७ औं वीपी जयन्तीको अवसर पारेर मञ्चले जिल्लाका दश वटै स्थानीय तहमा मास्क बैंक स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*