Home / Feature Breaking news / राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय

काठमाडौं,३ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिएका छन् ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो । निर्वाचन आयोगको आग्रह अनुसार सरकारले माग १२ गते निर्वाचन गर्नका लागि मिति तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*