Home / Election / राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

दाङ, २९ फागुन

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभारका सहित विजयी भएकी हुन्। उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी हुन्। भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाल कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्।

निर्वाचनको मतपरिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ।

भण्डारीलाई संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले उम्मेद्वार बनाएको थियो। उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्। त्यतिबेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो।

राष्ट्रपति हुनु अघि उनी नेकपा एमालेको उपाध्यक्ष थिइन्। त्यसअघि उनले २०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*