Home / Feature Breaking news / ओलीमा नैतिकता छैन : भुसाल

ओलीमा नैतिकता छैन : भुसाल

नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीमा नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनःस्थापना भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनले बताए ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा भुसालले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै ओलीले इन्कार गरेपछि आफूहरूले त्यसका विरुद्ध आन्दोलन गर्नुपरेको जिकिर गरे ।

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उमेदवार बनेका उनले ओलीमा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि दम्भ बढेको र संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नुपरेको उल्लेख गरे ।

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए । ओलीले संविधानलाई कागजको खोस्टोमा परिणत गराउने दुस्साहस गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*