दाङ,२० बैशाख । राप्ती साहित्य परिषदले आफनो ४३ औँ स्थापना दिवसका अवसरमा विभिन्न साहित्यकार तथा सष्टाहरुलाई पुरस्कृत एव सम्मानित गरेको छ । परिषदले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साहित्यीक क्षेत्रमा योगदान पु¥याउने विभिन्न सष्टा तथा सस्थाहरुलाई पुरस्कृत सष्टालाई सम्मान गरेको हो ।
राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राप्तीको साहित्य विकासमा परिषदले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि राप्ती साहित्य परिषदका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा गोपिन्द पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा बरिष्ठ साहित्यकार गिरिराज शर्मा, साहित्यकार तथा प्राध्यापक उत्तमकृष्ण मजगैया,साहित्यकार स्थानेश्वर गौतम, प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, लेखक संघ दाङ शाखा अध्यक्ष खगराज न्यौपाने, दाङ सस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर,भेरी साहित्य समाज बाँकेका अध्यक्ष हरि तिमिल्सेना,पुरस्कार सस्थापक नरेशजंग राणा, हरिप्रसाद पाण्डेय, राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष कमलमणि देवकोटालगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती साहित्य परिषद रोल्पा शाखा अध्यक्ष कविता उपाध्यक्षको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण रमेश सुवेदीले गरेका थिए । राप्ती साहित्य परिषदको ४३ औँ बार्षिक उत्सवका अवसरमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’को पुस्तक ‘हिमाली दर्शन’लाई राप्ती सिर्जना पुरस्कारवाट पुरस्कृत गरिएको थियो ।
राप्ती साहित्य पुरस्कारवाट गोविन्द कुसुम, तिलका तुल्सीराम स्मृति पुरस्कारवाट डा. गोपिन्द्र पौडेल, दीलसरी–दल अतिरिक्त पुरस्कारवाट हिरामणी दुखी, ,देवीचन्द्र साहित्य पुरस्कारवाट मित्र आभास, ऋषिलक्ष्मी साहित्य पुरस्कारवाट गोविन्द पुन ‘गिरिष’, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कारवाट गुरुप्रसाद शर्मा रेग्मी,डोमादेवी साहित्य पुरस्कारवाट उर्मिला लामिछाने, पद्यप्रसाद रुपसा स्मृति पुरस्कारवाट रामगोपाल यादवलाई पुरस्कृत गरिएको थियो ।
बिष्णुनुमा पुरस्कार बिमला गौतम, नन्दहरी पुरस्कारवाट भीउसन गौतम,अपामुकुन्द प्रज्ञा पुरस्कारवाट तारादेव शर्मा ‘प्रदर्शन’,गोपालचन्द्र प्रज्ञा पुरस्कारवाट महेश थापा ‘आभाष’,गोमा देवकोटा स्मृतिकला पुरस्कारवाट देवकला बस्नेत, हरिप्रसाद पाण्डेय–मिना पाण्डेय कला साहित्य पुरस्कारवाट गोकुल चौधरी,खोविलाल हुकुमादेवी छन्द पुरस्कारवाट कृष्णबहादुर डागी,पण्डीत कपिलमुनि भक्तकुमारी शिवकोटी स्मृति सष्टा सम्मान पुरस्कारवाट प्रवल विष्टलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा पुरस्कार सस्थापक चन्द्रप्रकाश देवकोटा, सस्थागततर्फ भेरी साहित्य समाज बाँके, अग्रज साहित्यकार प्रा स्थानेश्वर गौतम र सञ्चार माध्यमतर्फ राप्ती पोष्ट दैनिकलाई सम्मान गरिएको थियो ।