Home / Feature Breaking news / बंगलाचुलीमा २७ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

बंगलाचुलीमा २७ जना नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

दाङ,१५ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकामा नेकपा पार्टी परित्याग गरि २७ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा पार्टी जनताको हितको लागि नभई जनता लुट्नका लागि लागि परेको भन्दै उनीहरुले पाटी परित्याय गरेको समेत घोषणा गरेका छन् ।

उनीहरुले चुनावका क्रममा जनतासँग गरेको बाचा पुरा गर्नुको साटो सत्ताका लागि आफुहरु नै व्यक्तिगत स्वार्थका लागि झगडामा लागेको समेत आरोप लगाएका छन । पार्टी परित्याग गर्नेमा चेत बहादुर नेपाली, छबिलाल घर्ती, सागर बुढाथोकीलगायतको नेतृत्वमा युवाहरुले नेकपा परित्याग गरि कांग्रेमा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नं. २ को आयोजनामा संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई अविर टिकालगाएर कांग्रेसका नेता तथा पूर्व महासमिति सदस्य भोजराज पाण्डेयलगायतले नेताहरुले पार्टी प्रवेश गराएका हुन ।

कार्यक्रम वडा सभापति अमृत बहादुर मल्लको अध्यक्षता तथा नेपाली कांग्रेस पूर्व महासमिति सदस्य भोजराज पाण्डेयको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस प्रदेश क्षेत्र नं.२(क)का सभापति गिरिराज सुवेदीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य गोपालराज शर्मा,नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य पूर्ण बहादुर मल्ल, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिब बलदेव मल्ल, नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका प्रत्यासी मैते पुनलगायले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

वडा उपसभापति बासुदेब पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव रुपेन्द्र बस्नेतले गरेका थिए । नेपाल तरुण दल बंगलाचुली गाउँपालिका कार्यबाहक अध्यक्ष भुपेन्द्र मल्ल, टोल सभापतिहरु टाकुराका सभापति श्ववर बहादुर रोका, खाडा टोल सभापति बिषम घर्तीलगायको उपस्थीति रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*