Home / Feature Breaking news / घोराहीमा गठबन्धनको अग्रता, एमाले पच्छाउँदै

घोराहीमा गठबन्धनको अग्रता, एमाले पच्छाउँदै

घोराही,३१ बैशाख । दाङका घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार हेमराज शर्मा पोख्रेलले अग्रता लिनुभएको छ । घोराहीमा ३१७ मत गणना हुँदा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शर्माले १७२ मत प्राप्त गर्नुभएको छ ।

घोराहीमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका नरुलाल चौधरीले १४५ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा २७ मतले अघि रहनुभएको छ । त्यसैगरी गठबन्धनका उपमेयर भुपबहाुर डाँगीले १८० र उपमेयर एमालेकी उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गर्नुभएको छ ।

लुम्विनी प्रदेश निर्वाचन कार्यालयका अनुसार घोराही उपमहानगरपालिकामा अहिले १४, १८ र १९ नम्वरको मत गणना भैरहेको छ । शुक्रवार भएको निर्वाचनमा ७६ हजार ५ सय २१ मत खसेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका एमालेबाट नरुलाल चौधरीले बिजयी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*