Home / Feature Breaking news / गढवा–८ मा एमालेको प्यानल बिजयी

गढवा–८ मा एमालेको प्यानल बिजयी

घोराही, ३१ बैशाख । दाङमा नेकपा एमाले खाता खोलेको छ । गढवा गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बन्नुभएका अब्दुल खालिक सिद्धिकी बिजयी भएसँगै पार्टीले जिल्लामा खाता खोलेको हो ।

सिद्धिकीले ४९६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सद्धाम सिद्धिकीले ३८७ मत प्राप्त गरेका थिए । सद्धाम २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । ०७४ मा वडा अध्यक्ष जितेका उनी अहिले पराजित भएका हुन ।

त्यसैगरी वडा सदस्यमा एमालेबाट उम्मेदवार बन्नुभएका खुल्ला सदस्यहरुमा गोपालबहादुर थापा मगर, ओमबहादुर थापा, महिला सदस्यमा मिना पुन र दलित महिला सदस्यमा राजकुमारी बिक निर्वाचित हुनुभएको लुम्विनी प्रदेश निर्वाचत कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*