Home / Feature Breaking news / लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

दाङ, ३१ बैशाख । लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका उम्मेदवार दण्डिराम चौधरीलाई ९ मतले पछी पार्दै कांग्रेसका चौधरीले सुरुवाती अग्रता लिनु भएको हो ।
नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादि केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि योगि ९९, नेकपा एमालेका शुसिला शर्मा ७८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बरमा नेपाली कांग्रेसका दामोदर पौडेलले ३८, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ३४ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नुमराज पौडेलले १९ मत प्राप्त गर्नु भएको छ । लमही नगरपालिका वडा नंं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रसाद सुवेदीले अग्रता लिनु भएको छ । उहाँले ४१ मत प्राप्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका कुमार घिमिरेले २२, नेकपा एमालेका विमबहादुर केसीले १६ मत प्राप्त गर्नु भएको छ । यसैगरी नेकपा एमालेका खिमबहादुर केसीले ४३, नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ४०, नेकपा माओवादी केन्द्रका प्रेम वलीले १० मत प्राप्त गर्नु भएको छ । अहिले पनि यि तीन वडाको मत गणना चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*