Home / समाचार / महोत्सवको आय ब्यय २० दिन मै सार्वजनिक गरिने

महोत्सवको आय ब्यय २० दिन मै सार्वजनिक गरिने

received_10213750094819180दाङ, २८ माघ ।
दाङ उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको महोत्सवको आय ब्यय २० दिन मै सार्वजनिक गर्ने जनाएको छ ।
दाङ उद्योग वाणिज्य संघका महासचिब नरेश कार्कीले आज हामी सँग कुराकानि गर्दै उक्त कुराको जानकारी गराउनुभएको हो । दाङ उद्योग वाणीज्यसंघले आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ आउन अब ४दिन मात्र बाकी रहदा दाङ जिल्लामा लुकेर रहेका प्रतिभा तथा स्थानिय उत्पादनलाई बढि प्राथमिकता दिने आधारमा नै महोत्सवको आयोजना हुन थालेको महासचिब कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार,यस वर्ष आयोजना हुन थालेको महोत्सवले बाह्य उत्पादनलाई महत्वका साथ नलिएको बताउदै,यसपटकको महोत्सव विगतका महोत्सब भन्दा अझ पृथक रहने बताउनुभयो ।

महोत्सवलाइ भव्य र सभ्य रुपमा आयोजना गर्न भौतीक निमार्ण , व्यवस्थापकीय कार्य लगाएतका विषयमा छलफललाइ तिव्र पारीएको महोत्सव मुल आयोजक समीतीले जनाएको छ।

फाल्गुन ३ गतेदेखी फाल्गुन १३ गते सम्म घोरही उपमहानगरपालीका वर्ढा न १५ स्थित कृर्षि सामाग्री सस्थानको मैदानमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।

यसैविच आज वसेको आर्थीक समीतीको वैठकले आर्थीक परादर्शीता र खर्च व्यवस्थापनलाइ मीतव्ययी र पारदर्शी वनाउन विभीन्न निर्णयहरु गरेको मुलआयोजक समीतीका सहसंयोजक टकंसिह वुढाथोकीले जानकारी दिनुभएको छ।

यसैगरी महोत्सवका अवधीभर धार्मीक उपसमीतीले पतञ्जली योग समीती र ओम शान्तीसंगको संयोजनमा योगसहीतको धार्मीक प्रवचन तथा योगका विभीन्न आसनको प्रदर्शनी गरिने धार्मीक उपसमीती संयोजक विन्दु दाहालले जानकारी दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*