काठमाडौं,८ कार्तिक। बिहीबार नेपाली बजारमा सुन मूल्य ६० हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । बुधबारभन्दा ३ सय रुपैयाँले बढेर सुनले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै विहिवार तेजाबी सुनको मूल्य भने ६० हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ । सुनको मूल्यले २०६९ सालमा ६३ हजार ३ सय रुपैयाँ प्रतितोलासहित उच्च बिन्दु कायम गरेको थियो । यसदिन बजारमा चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।