दाङ, ४ असोज
प्रहरीले दाङमा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले रिभल्वर पेस्तोल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
कार्यालयले विहीवार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ का २१ वर्षीय जुनकुमार बुढा रहेका छन् ।
असोज २ गते बुढालाई घोराही १३ बाट पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।