Home / Feature Breaking news / दंगीशरण १ मा कांग्रेसको प्यानल बिजयी

दंगीशरण १ मा कांग्रेसको प्यानल बिजयी

घोराही,३१ बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत दाङ दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल बिजयी भएको छ ।

भण्डारीले ६ सय ४४ मत ल्यायर बिजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याएका हुन । भण्डारीले ९१ मतको अन्तरले जितेका हुन ।
कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार बिजयी भएका हुन ।

पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेवाट वडा अध्यक्षमा बिजयी भएका थिए । निर्वाचन कार्यालयले घोषणा भने गरेको छैन । २०५५ मतदाता रहेकोमा १३९४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*