Home / Feature Breaking news / जिविका धान्न गिट्टी कुट्दै जन प्रतिनिधी

जिविका धान्न गिट्टी कुट्दै जन प्रतिनिधी

जनक नेपाली
दाङ, २२ असोज

घोराही १४ कि फूलमती नेपालीको आधा जिबन खोलामै बित्यो घर परिवारको गुजारा गर्न किट्टी कुट्दै आएकी उहाँको जिबन बाल्यकाल देखि अभाबै अभाबले बित्यो ।

घरमा जेठो सन्तानका रुपमा जन्मे पछि उहाँका बाआमाले उहाँको नाम फूलमती राख्नु भयो । सामान्य परिवारमा जिन्मेकी फूलमतीसँग आफु सानै देखि ज्याला मजदुरी गर्दै आएको अनुभव छ ।

माईती घर हुदा पनि फूलमतीका बा आमाले अर्काको ज्याला मजदुरी गरेर ल्याएको दुई÷चार पैसाले परिवारको गर्जो टार्दै आएको स्मरण गर्नुभयो । ‘बा आमाले मलाई धेरै अभावमा जन्म दिएकोले मेरो नाम फूलमती राख्नु भएको रे ।’ उहाँले भन्नुभयो ।

जिवनमा धेरै अभाव र गरिबीसंँ खेल्दै हुर्कदै आएकी फुलमतीले भने कहिल्यै सुखको सास फेर्न पाउनु भएन । माईती घरमा दुःख सुखले बस्दै आएकी फूलमती बिवाह पछि सुखले बसौला की भन्ने ठुलो धोको थियो त्यो पनि जवनमा अधुरै रह्यो ।

कटुवा खोला किनारामा किट्टी कुटेर दिन, रातको छाँक टार्दै आएकी फूलमतीबाट अभावका दिन कहिल्यै पराई बनेनन् बरु त्यही दिनले पछ्याई रहे । दलित भएको कारण अपमान खेप्दै आएकी उहाँले पटक ÷पटक माथिल्लो जातका घर भित्र पसेको भन्दै धेरैका घरबाट समेत निकालीनु भयो ।

बर्षले ५० काटेकी फूलमति गाउँमा दलित माथि हुने विभेदको अन्त्य गर्न भन्दै धरै आन्दोलनमा लाग्नुभयो तर दलित माथिको विभेद अन्त्य गर्ने उहाँ केबल सपना मात्र बन्यो ।

खोलामा टहरो मुनि गुजारा गर्दै आएकी फूलमति गत असार १४ गते भएको स्थानिय निकायको निर्वाचनमा घोराही उपमहानगरपालिका १४ बाट माओवादी केन्द्रको तर्फबाट वडा सदस्यका रुपमा विजयी हुनुभयो त्यतिबेला उहाँलाई संसार जितेझै लाग्यो ।

‘चुनाव जितेपछि बल्ल हाम्रा दिन पनि फर्किएको जस्तो लाग्यो’ उहाँले भन्नुभयो– ‘अब चुनाव जितेपछि मेरा दुखका सबै दिन गए जस्तो अनुभुति भयो । अब त किट्टी कुट्नु पर्दैन होला माथीबाट सरकारले घर खर्च चलाउनलाई दुईचार पैसा दिन्छ होला भन्ने सोचे तर रैनछ ।’

बरु फूलमति वडा सदस्यमा निर्वाचित भएदेखि धेरै किट्टी कुट्न नपाएको गुनासो व्यक्त गर्नुभयो । परिवारको आम्दानीको श्रोत भनेकै खोलाको किट्टी कुट्ने हो त्यहाँबाट आएको दुई÷चार पैसाले घरमा नुन, तेलको जोहो गर्थे त्यो हरायो उहाँले भन्नुभयो । जन प्रतिनिधी भएपछि त्यहा गएर गाउँलेको काम गर्नु पर्ने रैछ त्यो पहिले थाहा थिएन उहाँले भन्नुभयो ।

वडा सदस्य नहुदा दिनभर कतै नगई दिनभर किट्टी कुट्ने काममै व्यस्त हुन्थ्थे त्यसबाट राम्रै आम्दानी हुन्थ्यो उहाँले भन्नुभयो । किट्टी कुटेर पहिले महिनामा १५ ÷१६ हजार कमाई हुन्थ्यो त्यो पनि वडा सदस्य भएदेखि घटेर ८÷१० हजारमा झ¥र्यो उहाँले भन्नुभयो ।

बिहान ९ बजे सम्म उहा गिटटी कुट्छु १० बजे बाट वडा कार्यालयमा गएर गाउँलेहरुको काम गर्छु साझ फर्केर फेरी किट्टी कुट्छु यसरी दिन बिताउदै छु उहाँले भन्नुभयो । एउटा बैठकको एक हजार भत्ता पाउने खबर सुनेको छु अहिले सम्म पाएका छैनौ ।

वडा सदस्यमा निर्वाचित भएपछि गाउँलेहरु काम गर्न पाएको छु उहाँले भन्नुभयो । जिवन धान्नु प¥यो मेरो खेतिबारी भनेकै किट्टी कुट्ने काम हो गाउँलेको काम र किट्टी कुट्ने काम संग संगै गरेको छु उहाँले भन्नुभयो ।

फूलमतीमा ईमान्दारिता रहेको घोराही उपमहानरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले वताउनुभयो । उहाँ आएपछि सिङ्गो मजदुरको प्रतिनिधीत्व भएको वताउँदै योजना बनाउँदा समाजमा सबै भन्दा पछाडी पारिएका बर्ग समुदायको पक्षमा काम गर्न सहज भएको उहाँको अध्यक्ष डाँगीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*