Home / Feature Breaking news / राप्तीमा दुई महिनाको अवधिमा लक्ष्यभन्दा करिब साढे ५ करोड बढि राजस्व संकलन

राप्तीमा दुई महिनाको अवधिमा लक्ष्यभन्दा करिब साढे ५ करोड बढि राजस्व संकलन

यमकला भुषाल
तुलसीपुर, २२ असोज

आन्तरिक राजश्व कार्यालय राप्तीले चालु आर्थिक २०७४÷०७५ को पहिलो दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

चालु आर्थिक बर्षको साउन र भदौ महिनामा २७ करोड ७१ लाख २४ हजार रुपैंया राजश्व सकंलन भएको तुलसीपुरस्थित आन्तरिक राजश्व कार्यालय राप्तीले जनाएको छ ।

कार्यालयका कर अधिकृत उदयराम केसीका अनुसार यो अवधीमा २२ करोड ३५ लाख १७ हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य थियो । दुई महिनामा लक्ष्य भन्दा ५ करोड ३६ लाख रुपैंया बढी राजश्व संकलन भएको केसीले जानकारी दिनुभयो ।

गत आर्थिक बर्ष ०७३÷०७४ मा १ अर्ब १८ करोड ४१ लाख ७ हजार रुपैंया राजश्व सकंलन गरेको कार्यालयले चालु आर्थिक बर्षमा १ अर्व ४३ करोड २७ लाख २ हजार राजश्व सकंलन गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समयमा करदाताहरुको सङ्ख्या वृद्धि बृद्धी भएकाले राजश्व संकलनमा पनि वृद्धी हुने अनुमान गरिएको छ ।

कर तिर्न अटेरी गर्नेलाइ कार्वाही स्वरुप जरिवाना र कर तिर्नेलाई प्रोत्साहन गर्ने गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*