Home / समाचार / दाङ उवासंघको साधारणसभा भोली

दाङ उवासंघको साधारणसभा भोली

दाङ, ८ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औ साधारणसभा भोली शनिवार हुदैछ । साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको दाङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
संघको १४ औ साधारणसभा तथा ४९ औ स्थापना दिवस यही चैत ९ गते शनिवार घोराही स्र्थीत निर्माणधिन बहुउदेश्य सभागृहमा हुदैछ । संघको साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

साधारणसभामा अध्यक्ष राणासँगै नेपाल उद्योग वाणिज्य महासंघका अन्य पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहने भएको छ । साधारणसभामा विभिन्न क्षेत्रमा योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

त्यसैगरेर साधारणसभा तथा स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगीताका विजेताहरुलाई पुरस्कृत समेत गरिने भएको छ ।
संघले साधारणसभाको अवसरमा वस्तुगत समितिहरु बिच स्लो वाइक प्रतियोगीता, हाजिरी जवाफ प्रतियोगीता, कुर्सी दौड, तथा मैत्रीपूर्ण फुटवल प्रतियोगीता आयोजना गरेको थियो । साधारणसभा तथा स्थापना दिवमाको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि संघले सवैमा आग्रह गरेको छ ।

मैत्रीपूर्ण खेलमा बंैकर विजयी

दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कर्मचारी तथा घोराही क्षेत्रमा रहेका बैकका शाखा प्रमुखहरु विच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा बैकर टिम विजयी भएको छ ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइवेकरमा बैंकर टिम विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*