राप्ती सन्देश अनलाइन
दाङ,१० साउन । दाङमा रगतको अभाव कम गर्न २९ जनाले रक्तदान गरेका छन । सल्यानी युवा सञ्जालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका हुन । केही दिन पहिले घोराहीको रक्तसञ्चार केन्द्रमा व्लड अभावको समाचार दाङका विभिन्न सञ्चार माध्यमहरुवाट प्रकाशन तथा प्रसारण भएपछि विहिवार रक्तदान गरिएको हो ।
घोराहीमा रहेको रक्त सञ्चार केन्द्रको व्लड बैंकमा रक्तदान कार्यक्रम भएको थियो । मञ्चका अध्यक्ष राजन डागीको अध्यक्षता तथा कोषाध्यक्ष एक्सन आर.सीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा मञ्चका अध्यक्ष राजन डागी, एक्सन आर.सी,दिपेश ढकाल,नविन अभिलासी,लिलाधर वली,राजीव चौधरी, झुपलाल बुढाथोकी,सिर्जना भण्डारी, शिशिर बस्नेत,अनिता घर्ती, देबिकला केसी, सबिता केसी, खिमा जिसी, भावना केसी, राजसिंह जोरा, अजय डागी,ज्ञानेन्द्र कुवर,पुरुषोत्तम अधिकारी, सागर डागी, नवीन श्रेष्ठ, सुनिल श्रेष्ठ, बिनोद केसीलगाएतले गरेका थिए ।
त्यस्तै सोही अवसरमा ,निर्मल श्रेष्ठ , सागर सन्देश वली, पुर्णिमा राणा, दिपक भण्डारी,तुल्सीराम डागी, राजकुमार शोनी,कल्पना केसीलगाएतले रक्तदान गरेका थिए । कार्यक्रमको सयोजन समितिका बरिष्ठ उपाध्यक्ष दिपेश ढकालले गरेका थिए । दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुन,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आरके सितललगाएत उपस्थीत रहेका थिए ।कार्यक्रमको सहजीकरण दिपक भण्डारीले गरेका थिए ।