दाङ, ७ असोज
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा आईतवार करिब ६ लाख दान संकलन भएको छ ।
महायज्ञको सातौ दिन आईतवार ५ लाख ९१ ह्जार २ सय ७० रुपैया नगद दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा आईतवारसम्म कुल १३ लाख ८६ हजार ९ सय २३ रुपैया दान संकलन भएको महायज्ञका लेखा समिति संयोजक केशव गिरीले जानकारी दिनुभयो ।
महायज्ञमा शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बोकटीका भुवनेश्वर रजौरे र सुशीला रजौरेले सबैभन्दा धेरै रकम दान गर्नुभएको छ । रजौरे दम्पत्तिले १ लाख ५१ हजार रुपैया दान गर्नुभएको छ ।
यस्तै आईतवार डिल्ली राज पण्डीतले ५१ हजार १ सय ११, गेहेन्द्रबहादुर बस्नेत र देवीसरी बस्नेतले ५१ हजार १ रुपैया दान गनुृभएको छ ।
यसैगरि भुपाल गिरी र गीता गिरीले ११ हजार १ सय १५, सञ्जय आचार्य र अनिता आचार्यले ११ हजार १ सय १५, प्रेम शाह र ज्ञानु शाहले ११ हजार १ सय १५, तेजमणी दाहालले ११ हजार ५, श्रीधर महराले ११ हजार ५ सय ५५, घोराही खानेपानी संस्थाले ११ हजार १ सय ११ रुपैया नगद दान गर्नुभएको लेखा संयोजक गिरीले जानकारी दिनुभयो ।
सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा जारी महायज्ञमा रोल्पाका ८५ वषीय वृद्धले तुलादान गर्नुभएको छ । रोल्पा रुण्टीगढी गाँउपालिका वडा नम्बर ६ खाराका ८५ वर्षीय टोपेन्द्रबहादुर लामीछानेले तुलादान गनुृभएको हो ।
हाल घोराही उपमहानगरपालिका वडा नम्बर १० का लामीछानेले आईतवार तुलादान गर्नुभएको तुलादान व्यवस्थापन उपसमितिका संयोजक युयवराज आचार्यले जानकारी दिनुभयो ।
महायज्ञको कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुभएको छ । दैनिक पूजापाठ, भजनकृतन, महात्म्य, झाँकी प्रस्तुत भईरहेका छन् ।
सोमवार एक करोड दीप प्रज्वलन गरिने
महायज्ञमा सोमवार १ करोड दीप प्रज्वलन गरिने भएको छ । महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्वलन गरिने पूजा व्यवस्थापन उपसमितिले जानकारी दिएको छ ।
अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने उपसमितिले जानकारी दिएको छ । अफ्ना पितृहरुको सम्झ
नामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरुले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।