Home / समाचार / जन्मदिनमा पत्रकार नेपालीद्धारा रक्तदान

जन्मदिनमा पत्रकार नेपालीद्धारा रक्तदान

समिक्षा गाहा
दाङ,७ असोज । पत्रकार जनक नेपालीले जन्मदिनको अबसरमा रक्तदान गरेका छन । उनले घोराही स्थित रक्त संचार केन्द्रमा गएर रक्तदान गरेका हुन । रगतको अभावमा कसैले पनि ज्यान गुमाउँन नपरोस भनि जन्मदिनका अवसरमा नेपालीले रक्तदान गरेको बताएका छन ।

पछिलो समय समाजमा खर्चिलो तरिकाले जन्म दिन मनाउँने परम्परा बसेको बताउँदै त्यसका विरुद्धमा आफुले चेतना प्रवाह गर्ने उद्देश्यले जन्मदिनमा रक्तदान गरेको बताए ।

नेपाली पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य, दाङबाट प्रकाशित हुदै आएको नौलो जनउभार साप्ताहितकको सह–सम्पादक र सैघाली खबर डिजिटल पत्रिकको सम्पादकको रुपमा कार्यरत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*