दाङ, १६ जेठ
राष्ट्रिय महिला अधिकार दिवशको अवसरमा घोराहीमा दीप प्रज्वलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको मुख्य चोकमा दीप प्रज्वलन गरेर महिला अधिकार दिवश मनाएको हो ।
‘महिलाको सुरक्षा र अधिकारः संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ यस वर्ष मनाइएको राष्ट्रिय महिला अधिकार दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा आईतवार बेलुका घोराही चोकमा दीप प्रज्वलन गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द, प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल, घोराही उपमहनगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष विभिन्न कार्यक्रम गरेर राष्ट्रिय महिला अधिकार दिवश मनाउने गरेकोमा यस वर्ष कोरोना महामारीको समय भएकाले दीप प्रज्वलन गरेर दिवश मनाएको जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरिक्षक गंगा लुईटेलले जानकारी दिनुभयो ।
महिला अधिकारका क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार २०७६ सालदेखि दिवस मनाउन सुरु गरिएको हो।
तस्वीरहरु