Home / समाचार / व्यवसायिक र सामाजिक क्षेत्रका लोकप्रीय रामप्रसाद पोख्रेल

व्यवसायिक र सामाजिक क्षेत्रका लोकप्रीय रामप्रसाद पोख्रेल

घोराही, ९ असोज

दाङको व्यवसायिक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– रामप्रसाद पोख्रेल । व्यवसायिक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका पोख्रेल सफल व्यवसायीको रुपमा परिचित छन् ।

स्वर्गद्धारी १ प्यूठानमा वि.स २०४० पुस १३ गते जन्मीएका पोख्रेल घोराहीका स्थायी बासिन्दा हुन् । विगत १७ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील पोख्रेल विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ । शुभम् स्टोर्स, पाण्डवेश्वर रियल स्टेट, पाण्डवेश्वर एग्रीगेटका सञ्चालक हुनुहुन्छ ।

यस्तै जग्गा तथा आवास विकास संघको कोषाध्यक्ष रहनुभएका पोख्रेल प्यूठान–दाङ सरोकार समाजको कोषाध्यक्ष, रोटरी क्लब अफ दाङको कार्यसमिति सदस्य रहनुभएको छ ।

लामो समयदेखी व्यवसायिक र सामाजिक कार्यमा क्रियाशील पोख्रेल यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी कार्यसमिति सदस्यको उमेद्वार बन्नुभएको छ ।

बसन्त जोशीको नेतृत्वमा रहेको संयुक्त व्यवसायी प्यानलको तर्फबाट कार्यसमिति सदस्यको उमेद्वार बन्नुभएका पोख्रेल बिजयी हुनेमा ढुक्क हुनुहुन्छ ।

मिजासिलो स्वभावका पोख्रेल सबैमाझ लोकप्रीय हुनुहुन्छ । व्यवसायिक कुशलता र सामाजिक कार्यमा क्रियाशील रहेकाले आफू सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको रोजाईमा परेकाले आफू बिजयी हुने पोख्रेलले दाबी गर्नुभयो ।

‘सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुको माया र मतले म बिजयी हुनेमा आत्मविश्वस्त छु’ उनले भने– ‘मेरो विश्वासलाई मर्न नदिनकालागी सम्पूर्ण उद्योगी व्यवसायी मतदाता ज्यूहरुलाई संयुक्त व्यवसायी प्यनललाई मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*