Home / समाचार / संघर्षबाट खारिएका सफल व्यवसायी रुद्र

संघर्षबाट खारिएका सफल व्यवसायी रुद्र

घोराही, ९ असोज

‘संघर्ष नै जिवन रहेछ’ भन्ने बुझाईबाट खारिएर जिवनका हरेक संघर्ष पार गर्दै सफल व्यवसायीको लिस्टमा नाम बसाउन सफल व्यक्ती हुन्– रुद्रबहादुर जैशी (शर्मा) । जिन्दगीका हरेक मोडहरुमा आईपर्ने अप्ठेरा मार्गहरुलाई सहज बनाउदै व्यवसायिक यात्रामा सफल बनेका रुद्रको जिवनमा संघर्षको क्षणलाई सम्झदा भावुक हुन्छन् ।

अभिभावकको माया अपेक्षाकृत रुपमा पाउन नसकेका रुद्र दुर्गम जिल्ला रुकुममा जन्मीएका हुन् । भाग्यको लेखा आमा बाबाको माया सानैदेखी पाउन नसकेका उनले हजुर बुबाको मायामा पनि केही समयकालागी मात्र पाए । घरको एक्लो सन्तान उनी बाल्यकालदेखी नै धेरै संघर्ष गर्नुप¥यो । बाल्यकालको त्यो पल अउनकालागी अति नै कठिन थियो ।

रोजगारीको शिलशिलामा उनी इन्डिया हुदै सिंगापुर, मलेसिया र इजरायलमा धेरै स्थानमा पुग्नुभयो । जहाँ कडा मेहनत गर्नुपर्ने थियो । धेरै दुःख कष्टका साथ उनी नेपाल नेपाल फर्किए ।

नेपाल मै केही गर्नुपर्छ भन्ने सोचकासाथ नेपाल फर्किएका उनी व्यवसाय गर्ने सोचकासाथ कस्मेटिक पसल खोले । कस्मेटिक व्यवसाय गर्दै गर्दा उनलाई अर्को नयाँ व्यवसाय गर्न उत्प्रेरित ग¥यो र अनी व्यवसाय सुरु गरेको २ बर्ष पछि पोल्ट्री व्यवसायमा हात हाले । पोल्ट्री सप्लायर्स सुरु गरेका उनी केही बर्षमै यस क्षेत्रमा स्थापीत भए । कस्मेटिक र पोल्ट्री व्यवसायमा स्थापीत भईसकेका रुद्रले स्कोडा कारको शोरुम सञ्चालन गरे । घोराहीमा कार स्वरुम सञ्चालन गरेका उनी यस व्यवसायमा पनि सफल व्यवसायीको रुपमा स्थापीत छन् ।
संघर्षबाट उदाएका सफल व्यवसायी रुद्र जुन व्यवसायमा हात हालेपनि निकै संघर्ष गर्छन् जसले गर्दा उनी हात हालेको व्यवसायमा सफल छन् । सोही अनुभवका कारण यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यकालागी चुनावी मैदानमा छन् ।

‘आज सम्म मैले गरेको सबै व्यापारमा सफलता मिलेको छ, यसमा सबैको साथ र सहयोग छ, सबैको माया पाईरहेको छु’ उनले भने– ‘८ बर्ष व्यवसायिक क्षेत्रको अनुभवका कारण उद्योगी व्यावसायीहरुको हकहितकोलागि काम गर्न यवसायीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जान चाहेको छु, सबैको मायाले बिजयी हुनेछु भन्ने विश्वास छ । सबै मतदाताहरुलाईमत दिन अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*