Home / Feature Breaking news / ‘दाङ अधिनायकवादको प्रयोगशाला बन्न सक्दैन’

‘दाङ अधिनायकवादको प्रयोगशाला बन्न सक्दैन’

दुधरास, २६ कार्तिक
राजनिधिक ध्रुविकरणको अभ्यास संगै पछिल्लो समयमा नेपाली कांग्रेसले चुनावी रणनितिलाइ गाउं केन्द्रित अभियानका रुपमा लिएको छ । नेपाली कांग्रेसलाइ दुर्गम बस्तीका कांग्रेसजनहरुले जोगाएर हुर्काएको भन्दै अव लोकतन्त्रको पक्षमा अन्तिम मतदान गर्न समेत आग्रह गरेको छ त्यसै अवसरमा अग्रज नेताहरुले दाङलाइ अधिनायकवादको प्रयोगशाला बनाउन नहुने समेत बताएका छन् ।

‘लोकतन्त्रको फैसला गर्ने तपाइहरु हे, अव अधिनायकवादी सर्वसत्तावाद कम्युनिष्ट रोज्ने कि कांग्रेसको समुन्नत लोकतन्त्र खोज्ने तपाइहरु म्तदाताका हातमा छ’—दुधरासमा संपर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नंवर २ का सभाषद राजु खनालले भने ।

साथै उनले अवको लडाइ भनेको लोकतन्त्र र अधिनायकवादकाबीच भएको भन्दै लोकतन्त्रका पक्षमा मतदान गर्न समेत आग्रह गरे । ‘हामी लोकतन्त्रको संस्थागत विकाश संगै आर्थिक समृद्धि चाहिरहेका छौं, अधिनायकवाद नेपाली जनताले चाहेका छैनन्, उम्मेदवार खनालले भने, अव अधिनायकवाद रोज्नेकि लोकतन्त्र रोज्ने’ खनालले भने, हामीले जनताको मतको उच्च सम्मान गर्न चाहन्छौं । खनालले यस क्षेत्रको पर्यटकीय क्षेत्र छिल्लीकोटको विकास गर्दै पर्यटक भित्राउने योजना ल्याउनकालागि आफूले पहल गर्ने बताए । उनले सडक मर्मत सँगै यस क्षेत्रमा प्यालाग्लाईडिङ र कालिका मालिका मन्दिरकालागि केवलकारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा नेपाली कांग्रेसका नेता शंकर गिरीले सिंगै मुलुकलाइ अधिनायकवादको प्रयोगशाला बनाउन खोजिएको भन्दै अव नेपालका कुनैपनि बस्ती अधिनायकवादको प्रयोगशाला बन्न नसक्ने बताए ।

‘हामीहरु एमाओवादीको जस्तो भगौडाशैलि चाहन्नौं, लोकतन्त्रका पक्षपाती जनतालाइ अधिनायकवाद स्वीकार्य हुन सक्दैन, अव कम्युनिजमको प्रयोगशाला दाङ हुनै सक्दैन’—गिरीले भने, मुलुकले लोकतन्त्र चाहेको छ । त्यसै अवसरमा पुर्व सभासद अनिता देवकोटाले नेपाली कांग्रेस लोकतन्त्रको पक्षमा लागीरहेको भन्दै अव मुलुकमा लोकतान्त्रीक सरकार गठन हुनेमा विस्वस्त बनाइन ।

‘हामीहरु भन्दा पनि बढि तपाइ स्वतन्त्र मतदातालाइ विश्वास छ, अवको लडाइ अधिनायकवादलाइ जिताउने कि लोकतन्त्रलाइ जिताउने’—अनिताले भनिन् । त्यसै अवसरमा अव सिमेन्ट उद्योगहरुले गरेको प्रदुषणका विषयमा नेपाली कांग्रेस गम्भीर भएको भन्दै अव प्रदुषण विहिन उद्योगहरुको स्थापना हुने पनि उनले बताइन् ।

‘सिमेन्ट उद्योगको प्रदुषणले तपाइहरु म्र्माहत हुनुहुन्छ, मलाइ थाहा छ, त्यसैले पनि हामीहरुले यस्ता उद्योगहरुलाइ वातावरण मैत्री बनाउने वा हटाउृने भन्ने पहलमा छौं’—अनिताले भनिन् ।

दुधरासमा संपर्क कार्यालय उद्घाटनकै क्रममा कार्यक्रताहरुको समानुपातिक उपस्थीति देखिएको थियो । सय भन्दा बढि कार्यकर्ताहरुबीच सहभागि नेतृत्वहरुले हाम्रा उम्मेदवार भन्दा पनि लोकतन्त्रका उम्मेदवारलाइ मतदात गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति वीरकेशरी गौतमले प्रजातन्त्रले कहिल्यै नहार्ने भन्दै गाउं जाउं लोकतन्त्र जोगाऔं भन्ने अभियानलाइ व्यापक बनाउन सुझाव दिए ।

साथै उनले अहिलेको निर्वाचनमा नेपाली कांग्रेस भावनात्मक एकतामा जोडिइसकेको अवस्थामा नेपाली कांग्रेसलाइ गठवन्धनले हराउनै नसक्ने अभिव्यक्ति दिए । ‘हामीहरु ज्नताको पक्षमा राजनिति गरीरहेका छौं, हामीले चाहेको आर्थिक समृद्धि मात्रै हो, त्यस संगै हामी दाङलाइ प्रदेशको राजधानी समेत बनाउन ाहन्छौं’—गौतमले भने ।

सोहि अवसरमा बोल्दै प्रदेश सभा सदस्य भरत न्यौपानेले समृद्धिका पक्षमा नेपाली जनताले मतदान गर्ने बताउंदै स्थानिय स्तरमा विकाशका ढोका खोल्ने नेताहरुलाइ मतदान गर्न आग्रह गरे । ‘हामी चाहन्छौं, दाङलाइ राजधानी बनाउन संपुर्ण भौतिक पुर्वाधारहरु, तर अन्य राजनितिक दलहरुले दाङलाइ राजधानी बनाउन चाहेका छैनन्’ उम्मेदवार न्यौपानेले भने, कांग्रेसले जितेमात्रै दाङ प्रदेशको राजधानी बन्छ ।

सोहि कार्यक्रममा समानुपातिकका उम्मेदवार अर्जुन कुमार श्रेष्ठले मुलुकको समृद्धि विकाश भएकाले नेपाली कांग्रेसलेनै विकाशको मुल फुटाएको अभिव्यक्ति दिए । कार्यक्रममा कांग्रेस नेता हरी रजौरे, दुधरासका स्थानिय नेता डिल्ली वहादुर डांगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस विजौरी इकाइ सभापति हिम वहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव रविराज गौतमले गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर २ को कार्यक्रम साविक विजौरी गाविसको कुटिचौर, स्याउलापानी, संक्राम, अक्कासी लगायतका स्थानहरुमा सपन्न भएको छ ।

त्यसअवसरमा मतदाताहरुले खानेपानी तथा सडक सञ्जालको समस्या भएको बताएका थिए । उनीहरुले आफूहरुले स्वस्छ खानेपानी पिउन नपाएको भन्दै यसमा पहल गरिदिन उमेद्वारहरुलाई अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*