Home / Feature Breaking news / लेखापढी कानुन व्यवसायी समिति घोराहीमा नयाँ नेतृत्व

लेखापढी कानुन व्यवसायी समिति घोराहीमा नयाँ नेतृत्व

शैलेश अधिकारी

दाङ, २१ फागुन । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईकाई समिति घोराहीमा नयाँ नेतृत्व चयन भएको छ । समितिको शनिवार घोराहीमा भएको ११ औं अधिवेशनले परशुराम डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षसहित सदस्य पदका लागि भएको निर्वाचनमा डाँगीले निवर्तमान अध्यक्ष चुर्णबहादुर वलीलाई ६ मतले हराउँदै बिजयी भएका हुन । एक सय ३४ मतदाता रहेको समितिमा डाँगीे ६५ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएका हुन । प्रतिद्धन्द्धी वलीले ५९ मत प्राप्त गरेका थिए । निर्वाचनमा १ सय ३४
मतदाता रहेपनि १ सय २७ जनाले मतदान गरेका थिए ।

समितिको उपाध्यक्षमा देवराज शर्मा, सचिवमा ध्रुब लम्साल, सह–सचिव मधुविक्रम केसी र कोषाध्यक्षमा नवराज लामिछाने निर्विरोध निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा निमेश आचार्य (७५), भेषराज घर्ती प्रकाश (७३), प्रकाश केसी (६४), सपना घिमिरे (६३), विष्णुबहादुर खत्री (६०), धनविर डाँगी (५३) मत ल्याएर बिजयी भएका छन् । डाँगी र जीवन कुमार सुवेदीको बराबर ५३÷५३ मत आएपछि गोलाप्रथाद्वारा डाँगी बिजयी भएको निर्वाचन समिति संयोजक द्रोर्णप्रसाद आचार्यले जानकारी दिएका छन् । निर्वाचन समितिको सदस्यमा सुदन रिजाल र रमेशकुमार लामिछाने रहेका थिए ।

अध्यक्षमा नवनिर्वाचित डाँगीले लेखापढी कानुन व्यवसायीको हकहित र समितिलाई एक ढिका बनाएर अघि बढ्ने बताएका छन् । उनले निर्वाचन नेतृत्व चयनको लागि प्रक्रिया भएपनि आगामी दिनमा सवैसँग मिलेर अघि बढ्ने बताए । साथै उनले आफुलाई निर्वाचनमा बिजयी गराउने सम्पूर्ण मतदाता तथा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*