Home / समाचार / घोराहीमा व्यापारिक तथा पर्यटन महोत्सव

घोराहीमा व्यापारिक तथा पर्यटन महोत्सव

दाङ, ९ माघ
घोराहीमा व्यापारिक एवं पर्यटन महोत्सव हुने भएको छ । औद्योगिक क्षेत्र स्थापनाको आवश्यकता जनस्तरसम्म पु¥याउने र उद्योग, व्यापार, कृषि एंव पर्यटन क्षेत्रको विकासकालागि घोराहीमा ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एव प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी–२०७४ हुने भएको हो ।

दाङ उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३ देखि १३ गतेसम्म महोत्सव हुने भएको संघले मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ कृषि सामाग्री केन्द्र र नेशनल ट्रेडिङको खाली जग्गामा महोत्सव हुने संघले जानकारी दिएको छ ।

‘उद्योग व्यापार कृषि एव पर्यटनको विकास,परनिर्भतामुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा उद्योग, व्यापार, कृषि एवंं पर्यटन लगायत यस क्षेत्रको कला सस्कृतिको प्रवद्र्धनका लागि सञ्चालन हुन थालेको महोत्सवमा व्यापारिक, पर्यटन, कृषि लगायतका करिब १ सय ९० देखि दुई सय १० सम्म स्टलहरु रहने भएका छन् । पाँच लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवबाट करिब २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिए ।
जिल्लाको आर्थिक विकास, सामाजिक तथा सास्कृतिक विकास एव आत्मनिर्भरता अथृतन्त्रमा महत्वपुर्ण योगदान पु¥याउने उद्देश्यका साथ उद्योग,व्यापार, कृषि एव पर्यटनको विकासका साथै कला, सांस्कृतिको संवर्दन,शिक्षा,स्वास्थ्य,एव स्थानीय पहिचानलाई प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिजर्ना गर्न नेपाल सरकार,नेपाल उद्योग बाणिज्य महासंघ एव अन्य विभिन्न संघसस्थाहरुको सहकार्यमा महोत्सव गर्न थालेको संघका अध्यक्ष भुसालले बताए ।
त्यससँगै स्थानीय उत्पादनको बजारिकरण गरि कृषि, पशुपालन र पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, स्थानिय भाषा, धर्म, साहित्य, कला, परम्परागत सीप एवं संस्कृतिको संरक्षण एवं पवद्र्धन गर्ने, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक प्रस्तुति मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यान,र्साकतिक,कला साहित्य झल्कने कार्यक्रम र गैरसरकारी सस्थारुको गतिविधि र ५ नम्वर प्रदेशका विभिन्न जिल्लामा उत्पादन स्थानीय सामाग्रीहरु व्यवस्था हुने भएका छन । पत्रकार सम्मेलनको सञ्चालन महासचिव नरेश कार्कीले गरेका थिए ।

मूल समिति र उपसमितिहरु गठन
महोत्सवकालागि मूल समिति र उपसमितिहरु गठन गरिएको छ । मूल समितिको संयोजकमा संघका अध्यक्ष नारायणप्रसाद भुषाल रहनुभएको छ । संघका सस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको संयोजकत्वमा पूर्वअध्यक्षहरु भरतराज बुढाथोकी र रामदयाल गुप्ता सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै महासंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ‘भारी’लाई महोत्सव निर्देशक, पूर्व अध्यक्षहरु हेमराज बन्जाडे संयोजक रहेको आर्थिक संकलन समिति, मधुसुदन बैद्य संयोजक रहेको अतिथि सत्कार समिति, चन्दराज पन्त संयोजक रहेको संघसस्था समन्वय समिति, माधवप्रसाद शर्मा संयोजक रहेको अनुगमण तथा मुल्याङकन समिति रहेको छ ।

त्यस्तै महोत्सव मुल आयोजक समितिको सह–संयोजकमा उद्योग उपाध्यक्ष बसन्त जोशी, वाणिज्य उपाध्यक्ष टंकसिंंह बुढाथोकी, महासचिव नरेश कार्की रहनुभएको छ । सहसंयोजक अन्तरगत रहनेगरि उपसमितिहरु पनि गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा कोषाध्यष शुशिल पोख्रेल, साहित्य तथा प्रचार प्रसार उपसमिति संयोजकमा सचिव मायाकुमारी पोख्रेल, भौतिक निर्माण तथा भोजन आवास उपसमिति संयोजकमा सदस्य रामप्रसाद पोख्रेल, महिला उद्यमी तथा धार्मिक उपसमितिको संयोजकमा सदस्य बिन्दु दाहाल, स्टल व्यवस्थापन उपसमिति संयोजकमा सदस्य टंकप्रसाद पोख्रेल(कमल), सुरक्षा तथा पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा सदस्य छविनारायण गिरी, स्वयंसेवक परिचालक तथा मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सदस्य महेन्द्र बुढाथोकी, सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा सदस्य मिनराज भाट, टिकट, सरसफाई, खानेपानी तथा प्राथमिक उपचार उपसमिति संयोजकमा सदस्य पिताम्वर पौडेल र शोभा यात्रा तथा बाल उद्यान उपसमितिको संयोजकमा सदस्य धनपति शर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*