Home / खेलकुद / २००६ र १४ को नतिजा कायमै राख्ने ब्राजिलको लक्ष्य, उल्टाउन चाहन्छ क्रोएसिया

२००६ र १४ को नतिजा कायमै राख्ने ब्राजिलको लक्ष्य, उल्टाउन चाहन्छ क्रोएसिया

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शुक्रबार) राति क्वार्टरफाइनलका सुरु हुँदैछन् । आज दुई खेल हुँदैछन् ।

शुक्रबार राति ८ः४५ बजे क्वार्टफाइनलको पहिलो खेल हुँदैछ। पहिलो खेलमा दक्षिण अमेरिकी महारथी ब्राजिलले युरोपेली टोली क्रोएसियाको सामना गर्दैछ। ब्राजिल सर्वाधिक पाँच पटकको विश्वविजेता हो भने क्रोएसिया साविक उपविजेता हो ।

यी दुईको खेल दोहास्थित एजुकेशन सिटी रंगशालमा हुनेछ।

उपाधि दाबेदार मानिएको ब्राजिलले पि–क्वार्टरफाइनलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। क्रोएसियाले पनि एसियन टोली जापानलाई नै टाइब्रेकरमा हराउँदै क्वार्टरफाइलन पुगेको हो।

जारी विश्वकपमा ब्राजिल बलियो र सन्तुलित मानिएको छ भने क्रोएसियासँग ‘फाइटिङ स्प्रिट’ छ।

ब्राजिल र क्रोएसियाबीच हालसम्म चार पटक भेट भएको छ। जसमा ब्राजिल हाबी भएको छ। ब्राजिलले तीन पटक जित निकालेको छ भने एक खेल बरारीमा टुंगिएको छ। बराबरीमा टुंगिएको खेल मैत्रीपूर्ण हो। यसर्थ, ठूला प्रतियोगितामा भेट हुँदा क्रोएसियाविरुद्ध ब्राजिलले शतप्रतिशत जित कायमै राखेको छ। क्रोएसियाविरुद्ध ब्राजिलले सात गोल हान्दा क्रोएसियाले दुई गोलमात्र फर्काएको छ।

यी दुई टोलीबीच पहिलो खेल सन् २००५ मा भएको थियो। उक्त मैत्रीपूर्ण खेल १–१ गालको बराबरीमा सकिएको थियो।

यस्तै, दोस्रो पटक यी टोलीबीच २००६ को विश्वकपको समूह चरणमा भेट भएको थियो। त्यहाँ ब्राजिलले खेल १–० ले जित्यो।

त्यसपछि पुनः यी दुई टोलीबीच ब्राजिलको घरेलु मैदानमा भएको २०१४ को विश्वकपको समूह चरणमै भेट भएको थियो। जहाँ क्रोएसियाले लिएको एक गोलको अग्रता कायम राख्न सकेन। पछि ब्राजिलले खेल ३–१ ले जित्यो। चौथो पटक यी दुई टोलीबीच २०१८ मा मैत्रीपूर्ण खेल भएको थियो। सो खेल पनि ब्राजिलले २–० ले जितेको थियो।

यसरी हेर्दा ब्राजिल विश्वकपको मैदानमा क्रोएसियाविरुद्ध हाबी देखिएको छ। दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ। यसर्थ, स्टार खेलाडीले भरिएको ब्राजिल आज राति पनि सोही नतिजा कायम राख्दै क्रोएसियालाई सहज रूपमा हराएर सेमिफानइनलमा स्थान बनाउन चाहन्छ।

अर्कोतिर, क्रोएसिया ब्राजिलसँग पराजित भएर दुई पटक विश्वकपको समूह चरणबाटै बाहिरिनु परेको पीडालाई मल्हम लगाउँदै नतिजा उल्टाउन चाहन्छ।

ब्राजिलमा नेइमार, रिचार्लिसन, भिनिसियस जुनियर, क्यासेमिरोजस्ता स्टार खेलाडी छन् भने क्रोएसियामा लुका मोड्रिच, इभान पेरिसिचजस्ता अनुभवी खेलाडी छन्। जापानविरुद्ध तीन पेनाल्टी छेकेका क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच ब्राजिलको टाउको दुखाइ बन्न सक्छन्।

आज राति १२ः४५ बजे अर्को क्वार्टरफाइनल खेल हुँदैछ। जहाँ अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*