Home / Feature Breaking news / कांग्रेस लोभ र मोहमा फस्दैन : नेता गिरी

कांग्रेस लोभ र मोहमा फस्दैन : नेता गिरी

अमरराज आचार्य

दाङ, ८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइमन्त्री दीपक गिरीले पार्टी सरकारमा जाने लोभमा नरहेको बताएका छन् । नेपाली कांग्रेसले ध्यान पु¥याएर अगाडि बढ्ने समेत उनले बताए । नेपाली कांग्रेस रोल्पा, दाङ सम्पर्क समिति गठनका लागि आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता गिरीले भने– ‘यो अवस्थामा कांग्रेस सरकारमा जानुभन्दा पनि जनताको माझमा जानु उत्तम छ ।

पार्टीले सही ढंगले निर्णय लिनेछ ।’ उनले जनताको माझ गएर जनताको पार्टी बनाउनुपर्ने विचार राखे । ‘कांग्रेसले जनतालाई अभिभावकत्व दिन सक्नुपर्छ’, उनले भने– ‘अहिले २ तिहाईको मत पाएको कम्युनिष्ट सरकारले जनताको लागि केही कार्य गर्नै सकेन ।’ धेरै आशा बाँडेका कम्युनिष्टहरुले जनतालाई राहत दिन नसकेको उनको आरोप छ । ‘नक्कली गठबन्धन अहिले टुटेको छ’, नेता गिरीले भने– ‘त्यो जनताको लागि नभएर आफ्नो स्वार्थका लागि गठबन्धन भएको थियो ।’ रोल्पाली जनताले द्वन्द्वको समयमा धेरै पीडा भोग्नुपरेको भन्दै नेता गिरीले धेरै पीडा भोगे पनि अहिलेसम्म केही पाउन नसकेको बताए ।

नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समिति गठनले दाङ र रोल्पालार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई जोड्न थप सहज हुने र नेपाली कांग्रेसको संगठनको विस्तारमा समेत सहयोग पुग्ने नेता गिरीले बताए । कार्यक्रममा कांग्रेस नेतृ तथा राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाले नेपाली कांग्रेस सधै जनताको सुख–दुःखमा रहेको बताइन् । ‘हामीले जनताका समस्या पटक–पटक संसदमा उठाउने गरेका छौं’, उनले भनिन् । नेपाली कांग्रेस संसदमा विश्वास गर्ने पार्टी रहेको भन्दै उनले समस्याको समाधान संसदबाटै गरिने विचार राखिन ।

नेपाली कांग्रेस दाङका पूर्व सभापति बीरकेशरी गौतमले देशको हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गरेको बताए । ‘देशलाई अगाडि बढाउन नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ’, गौतमले भने– ‘कम्युनिष्टहरु जनतालाई सत्तामा जाने भ¥याङको रुपमा मात्र प्रयोग गर्ने गरेका छन् ।’ संविधानसभा सदस्य राजु खनालले दाङ र रोल्पाबीच विगतदेखि नै समन्वय हुँदै आएको र आउँदा दिनमा पनि यसले निरन्तरता पाउने बताए । समिति स्थापनासँगै पार्टीलाई बलियो बनाउन थप सहयोग मिल्ने उनको भनाइ थियो । लुम्विनी प्रदेशसभा सदस्य शंकर गिरीले मानिस जुनसुकै स्थानमा गए पनि आफ्नो माटोप्रतिको सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला उपसभापति कमानसिंह भारती, गिरिजाप्रसाद कोइराला फाउण्डेसनका दाङ जिल्ला संयोजक खगराज पाण्डे, नेपाली कांग्रेस रोल्पा जिल्ला सदस्य हरि पुन, नेपाली काग्रेस रोल्पा क्षेत्र नं. १ ख का सचिव कुलबहादुर केसी, नेका रोल्पा क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति भुवनेश्वर उपाध्याय, नेपाल शिक्षक संघ रोल्पाका पूर्व सभापति निर्मल डाँगी, तरुण दल रोल्पाका अध्यक्ष तिलबहादुर बुढाथोकी, तरुण दलका केन्द्रीय पार्षद धनबहादुर रसाइली, नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नं. ३ का सभापति तिलक रावत, बीपी चिन्तन प्रतिष्ठान रोल्पाका सदस्य लक्षीराम थापा, जलजला यातायात व्यवसायी प्रालिका अध्यक्ष तेजविक्रम रावतलगायतले विचार राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनको अध्यक्षतामा भएको थियो । टेकबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनक पुनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*